काठमाडौं। मेक्सिकोको खाडीमा समुद्रको पानीको सतहमा आगो दन्किएको छ । मेक्सिकोको सरकारी स्वामित्वको तेल कम्पनीले शुक्रबार बताएअनुसार उसको समुद्रमुनिको ग्यास पाइपलाइनमा चुहावट भएको थियो जसका कारण गल्फ अफ मेक्सिकोमा समुद्रको पानीको सतहमै आगो दन्किएको थियो । पेट्रोलियोस मेक्सिकानोज कम्पनीका अनुसार उसले आगो निभाउनको लागि कन्ट्रोल बोटहरु परिचालन गरेको छ ।
छोटकरीमा पेमेक्स भनेर चिनियो यो कम्पनीको बयान उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएअनुसार यो घटनामा कुनै मानवीय क्षति भएको छैन र कोही घाइते भएका छैनन् । कु मालुब जाप क्षेत्रमा भएको घटनामा ड्रिलिङ प्लेटफर्मबाट १५० यार्ड क्षेत्रमा ग्यास लिक भएर आगो लागेको थियो । कम्पनीले ५ घण्टापछि चुहावट नियन्त्रण गरिएको बताएको छ । ग्यास लिक र समुद्रमा आगो लागेको घटनाले कति वातावरणीय षति भयो भन्ने स्पष्ट भइसकेको छैन ।












प्रतिक्रिया लेख्नुहोस्:-