काठमाडौं, असार २० गते । भारतमा गएको चौबीस घण्टामा ४३ हजार ७१ जना कोरोनाका नयाँ सङ्क्रमितको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पचास हजारभन्दा कम सङ्क्रमित पुष्टि भएको यो लगातार आठौं दिन हो ।
समाचार संस्था एएनआईले गएको चौबीस घण्टामा ५२ हजार २९९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल चार लाख ८५ हजार ३५० जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा १८ लाख ३८ हजार ४९० नमूनाको परीक्षण गरिएको छ । हालसम्म ३५ करोड १२ लाख जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-