डिशहोम फाइबर नेटको सेवा बुटवल, बर्दिवास र विराटनगरमा पनि उपलब्ध भएको छ । आगामी डिसेम्बरसम्म देशका प्रमुख शहरहरुमा पुर्याउने योजना अनुसार डिशहोमले इन्टरनेट सेवा विस्तार गरिरहेको छ ।
आगामी डिसेम्बरसम्म देशका प्रमुख शहरमा डिशहोम फाइबरनेट पुग्ने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।
‘डिसेम्बर सम्म प्रमुख शहरमा डिशहोम इन्टरनेट पुग्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यसपछि हामी डिशहोम फाइबर नेट गाउँतिर विस्तार गर्दै जान्छौं ।’
डिशहोम फाइबर नेटले हाल ३०, ४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । डिशहोमले अबको केही समयमा २०० एमबीपीएससम्मको इन्टरनेट सेवा दिने समेत तयारी गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-