नपिद्व: म्यानमारमा सेनासँगको झडपको क्रममा २५ जना जुन्ता विरोधी लडाकु र नागरिक मारिएका छन् ।
सैन्य हस्तक्षेपको विरुद्ध जनताले समेत हतियार उठाउने क्रममा आइतबार यस्तो झडप भएको हो । गत फेब्रुअरीमा सेनाले आङ सान सू चीको दललाई अपधस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि भएका विभिन्न प्रदर्शन तथा झडपमा ८९० जना मारिएका छन् ।
पछिल्लो समय कतिपय स्थानमा राज्य प्रशासनसँग लड्न नागरिकहरुले नै ‘रक्षा समूह’ खडा गर्न थालेका छन् । र उनीहरुले राइफल तथा घरेलु हतियार समेत लिएर यस्ता संरचना खडा गरेका हुन् ।
मध्य सागाइङ क्षेत्र यस्तै रक्षा बलहरु र सेनाबीच धेरै झडप भइरहने क्षेत्रमध्ये एक हो । जहाँ आइतबार रक्षा बल र सेनाबीच झडप हुँदा २५ जना मारिएका छन्।
स्थानीयहरुका अनुसार सैनिकका ट्रकहरु रक्षा बलको क्षेत्रमा प्रवेश गरेर हतियार चलाउन थालेपछि झडप भएको हो । गाउँलेहरु सेनाले आफ्नै क्षेत्रमा २६ पटकसम्म गोली हानेको आवाज सुनेको बताउँछन् । उनीहरुका अनुसार सेनाले बाटोमा जसलाई देख्यो उसैमाथि धमाधम गोली हान्न थालेको थियो ।
यसरी मारिनेमा धेरैजसो आम नागरिक नै छन् । सुरुमा आफूहरुले ९ वटा मृतक भेटेको र अरु ८ वटा शव अर्कै समूहका भएको गाउँलेहरुले बताएका छन् ।-अन्नपूर्ण
प्रतिक्रिया लेख्नुहोस्:-