काठमाडौं। संसारमा यस्ता कैयौं ठाउँहरु छन् जुन ठाउँको रहस्य बुझ्न निकै कठिन छ । केही कुराहरुले यी ठाउँलाई यति डरलाग्दो बनाएका हुन्छन् कि त्यो कुराको चर्चा दशकौंपछि पनि भइरहन्छ । स्कटल्याण्डको एक प्राचीन गाउँको पनि यस्तै एउटा कथा छ । प्रेतवाधित अर्थात भूतले तर्साउने भनिने यो गाउँ अब निकै सस्तोमा बेचिँदैछ । यसको मूल्य पनि तय भइसकेको छ र यो गाउँ किन्ने मानिसलाई केही अतिरिक्त सुविधा पनि दिइनेछ ।
यो प्राचीन स्कटिस गाउँ १ लाख २५ हजार पाउण्ड (करिब २ करोड रुपैयाँ) मा बिक्रीका लागि खुला गरिएको छ । रोचक त के भने स्कटल्याण्डका कैयौं शहरमा एक फ्ल्याटकै मूल्य योभन्दा धेरै पर्छ । एडिनबरा लाइभको एक रिपोर्टका अनुसार ओल्ड भिलेज अफ लयर्स पर्थशायरमा लोच ताइको तटमा छ । यो गाउँ ३.३१ एकडमा फैलिएको छ ।
यो गाउँ किन्नेले साथमा एक निजी समुद्रतट पनि पाउनेछन् । साथमा माछा मार्ने अधिकार पनि पाउनेछन् । तर यो गाउँ किन्ने व्यक्ति भूतसँग सामना गर्नको लागि भने तयार हुनुपर्छ । ओल्ड भिलेजमा १७ औं शताब्दीका खण्डहरुहरु छन् । किंबदन्तीका अनुसार हाउस अफ लयर्स यस्तो स्थान हो जहाँ लेडी अफ लयर्सको घर थियो । लेडी अफ लयर्सको आत्मा आज पनि यो गाउँमा भट्किने विश्वास गरिन्छ ।
गोल्डक्रेस्ट ल्याण्ड एण्ड फरेष्ट्री ग्रुपका एक साझेदार जोन ल्याम्बर्टका अनुसार लेडी अफ लयर्सलाई उनले गर्ने भविष्यवाणीका कारण सम्झिइन्छ । उनका भविष्यवाणी सत्य साबित भएका थिए । १७ औं शताब्दीमै उनले रेलवे ट्रयाक बिच्छ्याइने र धुवाँबाट पानी जहाज चल्ने जस्ता भविष्यवाणी गरेकी थियन् ।
ल्याम्बर्टका अनुसार पर्थशायर स्कटल्याण्डमा बस्नका लागि उपयुक्त मानिएका स्थानमध्ये उक हो । राम्रो मौसमका लागि लोच ताइ एक आश्चर्यजनक स्थान भएको उनले बताए । १८४१ को जनगणनामा यो गाउँमा केवल १७ जना बस्थे । १८९१ मा यहाँ बस्ने मानिसको संख्या घटेर ७ जना मात्र बाँकी थिए । १९२६ सम्म यो स्थान पूरै खाली भएको थियो ।-डिसी नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-