बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कर्मचारीलाई सिक्का पैसामा तलब दिँदा कम्पनीको व्यवसाय इजाजतपत्र रद्द

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार २१, २०७८ ०४;४९ बिहान प्रकाशित
कर्मचारीलाई सिक्का पैसामा तलब दिँदा कम्पनीको व्यवसाय इजाजतपत्र रद्द
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। डिजिटल कारोबार र चेकबाट कारोबार हुने अहिलेको जमानामा पनि एक कम्पनीले आफ्ना कर्मचारीलाई सिक्का पैसामा तलब भुक्तानी दिएको छ । यो घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनले कम्पनीको व्यवासाय इजाजतपत्र नै रद्द गरिदिएको छ । फिलिपिन्सको भालेन्जुएला सहरमा रहेको कम्पनीले कर्मचारीलाई तलबको रुपमा ५ र १० सेन्टाभोका सिक्काहरुले भरिएको एउटा झोला दिएको थियो ।

यो घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनको ध्यान यस विषयमा गयो र स्थानीय प्रशासनले कर्मचारीप्रति गरिएको यो क्रुर मजाकको लागि कम्पनीको व्यवसाय इजाजत पत्र रद्द गरिदियो । फिलिपिन्सका नागरिक रसेल मनोसालाई नेक्सग्रिन फ्याक्ट्रीले यसरी सिक्का पैसा तलबमा दिएपछि उनका भाइले सहरका अधिकारी र श्रमिक संघसँग सहयोग मागेका थिए । मनोसाका अनुसार उनले कम्पनीको अनुचित श्रम नियमबारे गुनासो गरेपछि कम्पनीले बदला लिन यस्तो गरेको थियो ।

सीबीएन न्यूजका अनुसार फेसबुकमा यो घटनाबारे पोस्ट भएपछि सहरका मेयर रेक्स ग्याचलियनले यसलाई ‘क्रुर र असामान्य’ बताएका थिए । मेयरले त्यतिबेलै यो मुद्दाको तहसम्म जाने र कानुनअनुसार कम्पनीविरुद्ध कारवाही गर्ने बताएका थिए । मेयर त्यसपछि पीडित व्यक्तिसँग भेटे । उनले कम्पनी र पीडित कर्मचारीलाई साथमै राखेर एउटा बैठक गरे ताकि समस्या सुल्झाउन सकियोस् ।

सीएनएन फिलिपिन्सका अनुसार १०० पेसोभन्दा माथिको भुक्तानीमा सेन्टाभो (नेपाली पैसा जस्तै) दरका सिक्का दिन पाइँदैन र १ हजार पेसोभन्दा धेरैको भुक्तानीमा १ पेसो र ५ पेसोका सिक्का पनि दिन पाइँदैन । यो कम्पनीले भने ती कर्मचारीलाई १ हजार ५६ पेसो सबै ५ र १० सेन्टाभो दरका सिक्काको रुपमा दिएको थियो । कम्पनीका मालिकले झुक्किएर यसरी कर्मचारीलाई भुक्तानी दिएको र आफूलाई यसको जानकारी नभएको सफाइ दिएका थिए तर मेयरले यसलाई मानेनन् ।

बैठकका क्रममा सोधपुछ गर्दा मेयरले कम्पनीले मनोसालाई न्यूनतम पारिश्रमिक, ओभरटाइम, रातको सिफ्ट र विदाको दिन काम गरेवापत दिनुपर्ने अतिरिक्त पारिश्रमिक ठिकसँग भुक्तानी नगरेको पाएका थिए । बैठकपछि मेयरले कम्पनीको व्यवसाय सञ्चालन इजाजत पत्र निलम्बन गर्ने आदेश जारी गरे ।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!