काठमाडौं। रुसमा एएन–२६ यात्रुवाहक विमान बेपत्ता भएको छ । कम्तीमा २८ जना लिएर उडेको यो विमान पूर्वी रुसको काम्चात्का प्रायद्विपमा बेपत्ता भएको समाचार एजेन्सीहरुलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । विमान पेत्रोपाभ्लोभ्स्क–कामचात्स्कीबाट मामाचात्का प्रायद्विपको पालाना जानको लागि उडेको तर निर्धारित समयमा गन्तव्यमा नपुगेको र सम्पर्कमा नरहेको अधिकारीहरुलाई उद्धृत गर्दै इन्टरफ्याक्स, आरआइए नोभोस्ती र तास समाचार एजेन्सीले जनाएका छन् ।
यो विमानले अवतरणको प्रयास गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्क विच्छेद भएको थियो । विमान के भयो भन्ने विषयमा विरोधाभाषपूर्ण रिपोर्टहरु आएका छन् । एक स्रोतले तास समाचार एजेन्सीलाई विमान समुद्रमा दुर्घटना भएको हुन सक्ने बताएको छ । अर्को एक स्रोतले इन्टरफ्याक्सलाई विमान पालाना सहर नजिकै रहेको कोइला खानीमा गएको बताएको छ । कम्तीमा २ हेलिकप्टरसहित खोजी अभियान चलाइएको छ । उद्धारककर्मीहरुलाई स्ट्याण्डबाइ राखिएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-