काठमाडौं । ईसेवा मनि ट्रान्सफर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिने जनाइएको छ ।
विदेशमा रहेका नेपालीहरूले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खाता तथा ईसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।
नेपालीहरुले सिफ्टमार्फत पठाएको रकम ईसेवा मनि ट्रान्सफरका नेपालभर रहेका आठ हजारभन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिने ईसेवाले जनाएको छ । –१२ खरी
प्रतिक्रिया लेख्नुहोस्:-