काठमाडौं : अमेरिकाले नेपाललाई १५ लाखभन्दा बढी कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीले केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउने जानकारी दिएका हुन् ।
अमेरिकी राजदूत बेरीले ट्वीटरमा लेख्दै भनेका छन्,‘आउने केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड-१९ खोप अनुदानमा उपलब्ध गराउँदैछ ।’
अमेरिकाले जोन्सन एण्ड जोन्सनको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागेको हो । यो खोप एक डोज लगाए पुग्छ ।
नेपाललाई दिने खोप सम्बन्धी समाचार रोयटर्सले बाहिर ल्याएपछि अमेरिकी राजदुतले उक्त धारणा सार्वजनिक गरेका हुन् । रोयर्टसका अनुसार अमेरिकाले नेपाललाई १५ लाख जोनसोन एण्ड जोनसोन र भुटानलाई ५ लाख मोडर्ना खोप दिन लागेको हो ।
‘नेपाल अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो’,’राजदूत बेरीले लेखेका छन्,‘अमेरिका सधैँ नेपालीको साथमा छ र नेपालीको जीवन स्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।
आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड१९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ। 🇺🇸🙏🇳🇵 pic.twitter.com/h00rhlhmds
— Ambassador Randy Berry (@USAmbNepal) July 9, 2021
प्रतिक्रिया लेख्नुहोस्:-