नेपाली गेम JUGG WARS गुगल प्लेस्टोरमा सार्वजनिक भएको छ। सन् २०५० को परिकल्पना गरेर बनाइएको यो एक हाइ ग्राफिक्स थर्ड पर्सन सुटर गेम हो।
नेपाली डेभलपरहरु भएको उदयीमान गेम डेभलपिङ्ग कम्पनी, एस्ट्रीक टेक्नोलोजीले यस गेमलाई गुगल प्लेस्टोरमार्फत सार्वजनिक गरेको हो।
यस गेममा सन् २०५० को परिकल्पना गरिएको छ जहाँ दुश्मनहरु विश्व सम्पदालाई नियन्त्रण गर्न काठमाडौँ नजिक आइसकेका हुन्छन्। तर, त्यसको प्रतिरक्षा गर्न नेपाल एलिड रोबोटिक्सले सामान्य आर्मीभन्दा शक्तिशाली JUGG नामक एक मेकानिकल रोबोट बनाएको हुन्छ।
यस गेममा खेलाडीले JUGG भएर पनि खेल्न सक्छन् भने आर्मी भएर पनि दुश्मनलाई मार्न सक्छन्।
दुश्मनलाई हराएसँग खेलाडीले जग क्वाइन पाउँछन् जसलाई उनीहरुले नयाँ क्षेत्र खरिद गर्न, आफ्नो क्यारेक्टर अपडेट गर्न र नयाँ क्यारेक्टर खरिद गर्न प्रयोग गर्न सक्नेछन्।
मूख्य विशेषताः
- उच्च ग्राफिक्स भएको थर्ड पर्सन सुटर गेम
- जग भएर लडाइ गर्ने पृथक अवधारणा र ५ प्रतिद्वन्दीहरुसँग युद्ध गर्नुपर्ने
- स्लो मो एड्रिनलाइन रस जहाँ तपाईले शत्रुलाई हराउन समय सुस्त गर्नसक्नुहुन्छ।
यो गेम प्लेस्टोरबाट निःशुल्क डाउनलोड गरी खेल्न सकिन्छ।
प्लेस्टोरबाट गेम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।
गेमको ट्रेलर यहाँ हेर्न सकिन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-