काठमाडौं : विश्व बजारमा नेतृत्व गर्दै आईरहेको भिभोले आफ्नो उत्पादन अन्तर्गत बेस्ट नाइट फोटोग्राफि क्यामरा सहित भिभोकाे प्रिमियम स्मार्टफोन बजारमा ल्याउने भएको छ । उक्त स्मार्टफोनमा नाइट क्यामराको नयाँ विशेषता रहेको छ।
भिभोले आफ्नो भि२१ सिरिज लन्च गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । नाईट फोटोग्राफिमा आउने समस्यालाई हटाउने निर्णयसँगै भिभोले यो स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनको फ्रन्ट क्यामराबाट रातको समयमा पनि राम्रो सेल्फि लिन सकिने छ ।
भिभोको भि२१ सिरिज अन्तर्गतका स्मार्टफोन प्रयोगकर्तालाई नाइट फोटोग्राफी गर्दाको समयमा आउने सबै चुनौतीहरु हटाउन तथा कम लाइटमा पनि राम्रो फोटोहरु खिच्न मद्यत गर्दछ ।
यो स्मार्टफोनमा कम लाईटमा पनि एक्सपोजरलाई उल्लेखनीय रूपमा बढाउन सकिने फिचर पाउन सकिनेछ । जसले फोटोलाई अझै क्लिन र ब्राइट बनाउने काम गर्छ ।
यस भन्दा पहिले रातीमा फोनबाट खिचेको फोटोहरु धमिलो आउने समस्या सबैले भोगेका छन् । तर भिभोको नयाँ स्मार्टफोनमा यस किसिममा समस्या नहुने कम्पनिले जनाएको छ । –अन्नपूर्ण
प्रतिक्रिया लेख्नुहोस्:-