काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको छ। आर्थिक वर्षको पहिलो दिन आजबाट अवैध रुपमा भित्रिने मोबाइलमा रोक लगाउने निर्णय गरेको प्राधिकरणले हालै पूर्णरुपमा कार्यान्वयन गर्न नसकेपनि विदेशबाट भित्रने अवैध मोबाइलाई रोक्ने गरी पहिलो चरणमा यो प्रणाली लागू गरेको हो।
प्राधिकरणले यसअघि बिहीवार सूचना जारी गर्दै मोवाइल सेटको आयात पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृती गर्न अनुरोध गरेको थियो। प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता गर्नुपर्ने प्रावधान भएकोले नेपाल दूरसंचार प्राधिकरणबाट मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागु गरिएको जनाएको छ।
व्यक्तिगत रुपमा आयात गरिएको मोवाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिनेछ।
अवैध मोबाइल हो÷ होइन कसरी चिन्ने?
खासगरी सीमा नाकाबाट चोरी तस्करी गरेर ल्याएका मोबाइल अवैध हुन्। त्यस्तै साउन १ पछि तपाईंले प्रयोग गर्ने नयाँ मोबाइलमा भ्याट तिर्नुभएको छैन र तिरेको भ्याट बिल लिनुभएको छैन भने त्यो अवैध मोबाइल ठहरिने छ।
तर, विदेशबाट ल्याएका मोबाइल भने अवैधको सूचीमा पर्दैनन्। हराएको मोबाइल प्रयोग गर्न गर्नुभएको छ भनेपनि त्यस्ता मोबाइल अवैधकै सूचीमा एमडिएमएसले राखेको हुन्छ।
यदि तपाईंले अवैध मोबाइल प्रयोग गर्नुभएको छ भने एमडिएमएस पूर्णरुपमा लागू भएपछि तपाईंलाई दूरसञ्चार सेवा प्रदायकबाट एउटा म्यासेज आउँछ र उक्त सूचना आएको १५ दिनपछि मोबाइल ब्लक हुने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-