काठमाडौं । पब्जी मोबाइल र विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले हालै एउटा सम्झौता गरेका छन् । जसमा टेस्लाका उत्पादन भिडिओ गेममा देखाउने विषय समावेश छ । यससँगै पब्जी मोबाइलले आफ्नो १.५ अपडेट जारी गरेको छ ।
जसमा टेस्लाको कार समावेश गरिएको छ । पब्जी मोबाइलमा टेस्ला गिगाफ्याक्ट्री, मोडल वाई इलेक्ट्रिक, ड्राइभिङ फिचर र सेमी सेल्फ ड्राइभिङ भेहिकल देख्न पाइनेछ । खेलाडीले म्यापको माध्यमबाट टेस्लाको फ्याक्ट्रीसम्म पुग्न सक्नेछन् ।
त्यस पश्चात हाईवेमा अटोपाइलट मोडलाई प्रयोग गर्न सकिनेछ । यसले गेमरलाई सेट मार्कर्सको लोकेसनमा पुर्याउनेछ । वाइल्ड सडकमा टेस्लाको सेमी सेल्फ ड्राइभिङ गाडी देखिनेछ । केही रुटमा यो गाडी स्वचालित रुपमा चल्नेछ ।
खेलाडीहरूले कारलाई तोडफोड गरेर त्यसलाई ड्रप सप्लाई क्रेट बनाएर युद्ध सामग्री लैजान सक्नेछन् । टेस्लाले केही वर्षदेखि आफ्नो गाडीको भिडिओ गेम प्लेटफर्ममा ल्याउने तयारीमा छ ।
यद्यपि अब भने परिस्थिति बदलिएको छ । टेस्लाले भिडिओ गेम कम्पनीको साझेदार बनेको छ । यस अघि कम्पनीले पब्जी मोबाइल गेमको चाइनिज भर्सन गेम अफ पिसमा इन्टिग्रेसन गरिसकेको छ ।-टेकपाना
प्रतिक्रिया लेख्नुहोस्:-