काठमाडाैं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी सेवा सञ्चालनमा ल्याएकाे हाे ।
यसअन्तर्गत कार्डको प्रयोग बिना नै एटीएम मसिनबाट रकम झिक्न सक्नेछन् । ग्राहकले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस ‘विदड्र’ अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।
बैंकको एटीएममा गई कार्डलेस ‘विदड्र’ अप्सनमा रोजी एसएमएसमा आएको कोड प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने छ । यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएकाे छ ।
सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सेवा प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिनसक्ने जनाइएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-