विगत १७ महिनादेखि नेपालमा कोरोना संक्रमणको महामारी जारी छ । सिनेमा हल बन्द छन् । यो क्रममा नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ । तर, केही चलचित्रकर्मीले चलचित्र निर्माणलाई सामाजिक दूरी कायम गर्दै निरन्तरता दिएका छन् ।
यो चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय छ ।
सुबिहानी फिल्मस्को प्रस्तुतिमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । यो चलचित्रमा सीताराम र कुञ्जनाको कथा रहेको छ । चलचित्रमा पटकथा तथा संवाद पनि यी दम्पतीले नै तयार गरेका हुन् । यो चलचित्रमा राजेन्द्र बजगाईंको संगीत, सुदीप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-