चीनको नान्जिङ सहरमा फेला परेपछि कोरोना भाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा व्यापक महामारीको सङ्ज्ञा दिएका छन्।
जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेपछि झन्डै २०० जना संक्रमित भइसकेका छन्। एउटा स्रोतलाई उद्धृत गर्दै चीनको ग्लोबल टाइम्सले आगामी अगस्ट ११ सम्म नान्जिङबाट हुने सबै उडान स्थगित गरिने जनाएको छ।
सरकारी निकायबाट चुक भएको भन्दै आलोचना भएको बेला अधिकारीहरूले सहरभरि परीक्षण सुरु गरेका छन्।
सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने समाचारसंस्था सिन्ह्वाले जनाएको छ। अधिकारीहरूका अनुसार कोरोना भाइरसको अतिसंक्रामक डेल्टा भेरियन्टका कारण संक्रमण फैलिएको हो।
एउटा व्यस्त विमानस्थलमा फेला परेको हुँदा उक्त भाइरस धेरैतिर फैलिसकेको उनीहरूको भनाइ छ।
नान्जिङका एक स्वास्थ्य अधिकारीले त्यहाँ फेला परेका सङ्क्रमितहरूको सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन्। उक्त विमान जुलाई १० मा रुसबाट आएको थियो।
सिन्ह्वाका अनुसार ती कर्मचारीले सरसफाइसम्बन्धी कडा नियम पालना नगरेको सिन्ह्वाले जनाएको छ। परीक्षणले उक्त भाइरस चङ्दू र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ। तर उक्त प्रकोप अहिले पनि प्रारम्भिक चरणमा भएको र नियन्त्रण गर्न सकिने विज्ञहरूले ग्लोबल टाइम्सलाई बताएका छन्।
चीनले आफ्ना सीमा बन्द गरेर तथा यदि स्थानीय तहमा प्रकोप देखिए तत्काल नियन्त्रणका उपाय अवलम्बन गरेर कोरोना भाइरस महामारीलाई विस्तार हुन दिएको छैन। अन्नपूर्ण बाट












प्रतिक्रिया लेख्नुहोस्:-