काठमाण्डौ – दुई जनाको ज्यान जाने गरेर तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ।
यसअघि इजरायलले पनि इरानमाथि यस्तो आरोप लगाएको थियो । बेलायतका विदेश मन्त्री डोमिनिक राबले इरानले एक वा त्यो भन्दा बढी ड्रोनको प्रयोग गरी ट्याङ्करमाथि आक्रमण गरेको हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।
इरानले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको पनि उहाँले बताउनु भएको छ । यस्तै अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले पनि आक्रमणमा इरानको संलग्नता रहेकाेमा आफूहरु विश्वस्त रहेको बताउनु भएको छ ।
उहाँले घटनाको उपयुक्त जवाफ दिइने पनि बताउनु भएको छ । गएको बिहीवार ओमानी तटमा इजरायलको स्वामित्व रहेको कम्पनीले सञ्चालन गरेको तेल बोक्ने पानी जहाजमा आक्रमण हुँदा चालक दलका एक बेलायती र एक रोमानियाका नागरिकको ज्यान गएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-