काठमाडौं, साउन १८ गते । अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको कोलुसा काउन्टिमा उक्त दुर्घटना भएको बताइएको छ ।
अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार आर ६६ हेलिकप्टर स्थानीय समयअनुसार आइतबार अपरान्ह करिब एक बजे दुर्घटना भएको हो । हेलिकप्टरमा सबार चारैजनाको मृत्यु भएको कोलुसा शेरिफ विभागले पुष्टि गरेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र अमेरिकी यातायात सुरक्षा परिषद्ले बिहान एक ट्वीट गर्दै उल्लेख गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-