सप्तरी, राजविराज । नेकपा एमाले माधव नेपाल समुह सप्तरीले पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काई पार्टी आवद्ध सबैको सम्मानजनक जिम्मेवारीका लागि जोड दिएको छ ।
शनिबारदेखी बसेको पार्टीको जिल्ला कार्य समितिको बिस्तारिक बैठकले एकताबद्ध र सशक्त संगठन निर्माण तथा सम्मानजनक सहभागिताका लागि जोड दिएको हो ।
दुई दिने बैठक समाप्तिपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले पार्टी भित्र देखिएका समस्या समाधानका लागि कसैलाई काखा र पाखा गर्न नमिल्ने भन्दै सबैको सम्मानजनक सहभागिता पार्टीको हितमा रहेको बताए ।
पार्टी जिल्ला कमिटि अध्यक्ष गोबिन्द न्यौपानेले सोही अवसरमा प्रेस विज्ञप्ति जारि गर्दै आफूहरु विधिवत रुपमा पार्टीको जिम्मेवारीमा निर्वाचित भएपनि अर्को पक्षले अध्यक्षको नाम राखेर गतिविधी गर्दै आएको प्रति आपत्ति प्रकट गरे ।
कार्यक्रममा प्रकाश खतिवडा, अम्बिका दहाल लगायतले पनि वर्तमान परिस्थितमा पार्टीले खेल्नु पर्ने भूमिका बारे आ–आफ्नो धारणा राखेका थिए । बैकठले किसानहरुका लागि सहजरुपमा मलखादको व्यवस्था मिलाउन माग गरेको छ ।
यस्तै बाढी, पहिरो पीडित जनतालाई राहत क्षतिपूर्ती तथा पुर्नवासका लागि व्यवस्था गर्न बैठकले माग गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-