ललितपुर, साउन २४ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने काम आफू एक्लैले गरेरमात्र नहुने बताउनुभएको छ ।
शनिबार लतिलपुरमा आफूपक्षीय जनवर्गीय सङ्गठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीभित्रका सबै कुरा आफूले मात्रै जानेको छु र सर्वज्ञानी हुँ भन्ने अहङ्कारी प्रवृत्तिले पार्टीभित्र झन् समस्या पैदा गरेको बताउनुभयो । उहाँले पार्टीभित्रका समस्या समाधान गरेर अगाडि बढ्न आफू तयार रहेको बताउनुभयो । एमालेभित्र देखिएका समस्या समाधान गराउन आफूले संवेदनशील भएर आवश्यक कदम चालिरहेको बताउनुभयो । उहाँले पार्टीका जनवर्गीय सङ्गठन चलायमान बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-