बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओलीको यूटर्न–एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्छ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
साउन २६, २०७८ ०५;४१ बिहान प्रकाशित
ओलीको यूटर्न–एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

माधवले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त पारे, देउवासँग मिलेर सरकार ढाले

सत्तामा हुँदासम्म कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने बताउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली यूटर्न भएका छन् । सत्ताबाट बाहिरिएसँगै उनले एमसीसी संशोधन गरेर मात्रै पारित हुनुपर्ने बताएका छन् । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका हुन् । उनले बरु सत्तारुढ दल नै एमसीसीबारे बोल्न नसकेको समेत बैठकमा बताए ।

‘सत्तारुढ दल एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?’, उनले भने, ‘हामी त स्पष्ट छौँ । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ ।’

काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रूपमा प्रस्तुत भएका ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने पनि बताए । उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो’, ओलीले भने, ‘ पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो।’

उनले आफूहरूले  सशक्त प्रतिपक्षको भूमिका खेल्ने दोहोर्‍याउँदै सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिँगौरी खेल्न आए सिङ्ग भाँचिने चेतावनी दिए ।

आफ्नो नेतृत्वको सरकारले धरहरा, रानी पोखरी बनाउने देखि मेलम्चीको पानी काठमाडौँसम्मै ल्याएको भन्दै ओलीले त्यो पनि भत्काउन सरकारलाई चेतावनी दिए ।  भत्काइदेउ धरहरा, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबै चिजहर’, उनको भनाइ थियो  । अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको पनि उनले टिप्पणी गरे ।

सरकारको न्यूनतम कार्यक्रम गाली गलौचको पुलिन्दा

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम आफूहरुविरुद्ध गाली गलौचको पुलिन्दा भएको टिप्पणी गरे । ‘सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गाली गलौचको पुलिन्दा हो। असंवैधानिक र अपवित्र नन्दिभिरिङ्गी जालिझेलिहरुको गठबन्धन हो’, ओलीले टिप्पणी गरे ।  उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण , सुन तस्करीकाण्ड कसले भए भन्ने प्रश्न गर्दै उनले त्यसमा संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरे ।

उनले बालुवाटार जग्गा, वाइडबडी प्रकरणलगायतमा झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गरिए एमालेले तमाम देशभक्त, लोकतान्त्रिक  र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने ओलीले चेतावनी दिए ।

उनले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीमै किचलो सुरु भएको पनि ओलीले बताए । काँग्रेसको आन्तरिक विवादतर्फ लक्षित गर्दै उनले भने, ‘किचलो छरपस्ट भएको छ,  के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?’

ओलीले सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा ‘समस्या’ भनेर उल्लेख भएकोप्रति आपत्ति जनाउँदै राष्ट्रको उपलब्धि कमफर्टेबल गठबन्धनलाई समस्या भएछ भन्दै कटाक्ष पनि गरे ।

माधवबारे यस्तो टिप्पणी

ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त बनाएको र काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर पार्टी नेतृत्वकै सरकार ढालेको आरोप लगाए । उनले नेपालबारे आफ्नो कुनै टिप्पणी नरहेको पनि बताए ।

‘माधव नेपालहरूको बारेमा केही भन्नु छैन। पुष्पकमल दाहालसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे’, बैठकमा ओलीले भने, ‘साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहन्न धेरै साथीहरूले कुरा बुझिसके सबै फर्कनुहुन्छ। छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु।’

अब पार्टीभित्र गुट र समानान्तर गतिविधि भइरहने अवस्था अन्त्य हुने पनि ओलीले जिकिर गरे । यो समाचार रातोपाटिमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!