बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उपेन्द्र यादव यसकारण नजान सक्छन् सरकारमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
साउन २६, २०७८ ०५;५८ बिहान प्रकाशित
जसपा छिट्टै प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुन्छ–अध्यक्ष यादव
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

‘अब प्रधानमन्त्री हुन आँट गर्नुस्, मधेसको मात्र नेता हैन सिँगै देशको नेता बन्न आँट गर्नुस्, हामी तपाईसँग छौं’– जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य हिसिला यमीले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेको कुरा हो यो ।नेतृ यमीले फेसबुकमा यस्तो धारणा राखेपछि सो पार्टीका नेता तथा कार्यकर्ताहरु कतै उपेन्द्र यादवलाई सरकारमा जानबाट रोक्ने प्रयास त होइन भनेर आशंका गर्न थालेका छन् । यस्तो आशंका उत्पन्न हुनु स्वाभाविक पनि हो ।

उपेन्द्र यादव निकट नेताहरु यसपाली अध्यक्ष यादवलाई सरकारमा जानबाट रोक्न धेरै प्रयास भइरहेको बताउँछन् । त्यसैको नयाँ शृङ्खला अन्तर्गत नेतृ यमीले फेसबुकमा यस्तो धारणा सार्वजनिक गरेको उनीहरुको भनाइ छ ।

पार्टीका कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव भने कसले कहाँ के लेखे भन्ने कुरा पार्टीको सरोकारको विषय नभएको बताउँछन् । ‘जबसम्म पार्टीमा कुनै निर्णय हुँदैन, तबसम्म कुनै कुरालाई आधिकारिक मान्न हुँदैन,’ उनले भने, ‘बजारमा विभिन्न कुरा आइरहेका हुन्छन्, विभिन्न टिप्पणी भइरहेका हुन्छन्, तर जबसम्म पार्टीको आधिकारिक निर्णय हुँदैन, तबसम्म त्यस्ता कुनै कुरा आधिकारिक हुँदैनन् ।’

कार्यकारिणी समितिका सदस्य यादवका अनुसार अहिले पार्टीले सरकारमा जाने निर्णयमात्र गरेको छ, को जाने र को नजाने भन्ने विषयमा छलफल भएको छैन । उनले भने, ‘कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने टुङ्गो लागेपछि मात्र मन्त्री चयनको विषयमा प्रवेश गरिन्छ । आज (आइतबार) सत्तारुढ गठबन्धनको साझा न्युनतम कार्यक्रम सार्वजनिक भएपछि मन्त्री र मन्त्रालयको विषयमा छलफल हुन्छ ।’

अध्यक्ष यादवलाई यसपाली सरकारमा नजान सुझाव दिने काम भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार जसपाका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई स्वयंले पनि यसपटक उपेन्द्र यादवलाई सरकारमा नजान सुझाव दिएका छन् ।

कार्यकारिणी सदस्यहरु राजेन्द्र श्रेष्ठलगायतका नेताले पनि निकट भविष्यमा चुनाव हुने भएकाले पार्टीका अध्यक्ष संगठनका काममा व्यस्त रहनुपर्ने भन्दै यादवलाई सरकारमा नजान सुझाव दिएको बताइएको छ । यसअघि पटक पटक सरकारमा सहभागी भइसकेको भन्दै यादवलाई यो पटक नजाँदा केही नबिग्रिने बरु पार्टीलाई फाइदा नै हुने भनेर नेताहरुबाटै सुझाव आइरहेको स्रोत बताउँछ ।

त्यसो त, उपेन्द्र यादवले आफू सरकारमा जाने गरी पार्टीमा निर्णय गराए पनि उनको लागि सहज अवस्था देखिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा यसपाली उपप्रधानमन्त्री नबनाउने नीति सोच बनाइसकेका छन् । उपप्रधानमन्त्री बनाएको खण्डमा गठबन्धन घटक सबैजसोले उपप्रधानमन्त्रीमा दाबी गर्ने भन्दै देउवाले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने नीति लिएको बालुवाटार निकट स्रोत बताउँछ ।

प्रधानमन्त्री देउवा उक्त नीतिमा अडिग रहेको अवस्थामा उपेन्द्र यादवका लागि सरकारमा ठाउँ नमिल्न सक्छ । अध्यक्ष यादव यसअघि उपप्रधानमन्त्री भइसकेका कारणले मन्त्रीका रुपमा मात्र सरकारमा सहभागी नहुने उनी निकट नेताहरु बताउँछन् ।

काँग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री देउवासँग मन्त्रीका लागि प्रस्ताव गर्दा उपप्रधानमन्त्री पद विना नै सामेल हुने भएमात्र त्यसबारे सोच्न सकिने जवाफ दिएको स्रोत बताउँछ । स्रोतका अनुसार नेतृ कोइराला समक्ष प्रधानमन्त्री देउवाले यसपाली आफू कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने पक्षमा रहेको जवाफ दिएका थिए ।

काँग्रेसका महामन्त्री शशांक कोइराला निकट स्रोतले पनि प्रधानमन्त्री देउवाले यसपटक कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने योजना बनाएको जनाएको छ । तर काँग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्काले उपप्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको जनाउँदै अहिले नै कुनै निष्कर्ष ननिस्केको बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने अवस्था सिर्जना भएमा पार्टीका तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा पनि लफडा हुने देखिन्छ । जसपा भित्र पार्टीको नेतृत्व गरेर सरकारमा जाने दाउमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रेणु यादवलगायतका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!