बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बलिउडका ‘थ्री खान्स्’ : सलमान, शाहरुख र आमिरमा कसले गरे बढी संघर्ष?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
साउन ३०, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
बलिउडका ‘थ्री खान्स्’ : सलमान, शाहरुख र आमिरमा कसले गरे बढी संघर्ष?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अभिनेता शाहरूख खान, सलमान खान र आमिर खान बलिउडमा निकै चर्चित नाम हुन्। साथै यी तीनजना अभिनेताबीच निकै समानता छ।
पहिलो त उनीहरू तीनै खान हुन्, दोस्रो यी तीनैजना एकै सालमा जन्मेका हुन् अर्थात् सन् १९६५ मा। अर्को चाखलाग्दो कुरा त बलिउड फिल्म उद्योगमा यी तीन खानको दबदबा तीन दर्शकदेखि कायम नै छ।

यिनीहरूले फिल्म क्षेत्रमा करिअर सुरु गरेको बेला आधुनिकीकरण, राम मन्दिर र आर्थिक संकट तीनै जनाको वरिपरि घुमिरहेको थियो।
यस्तो बेला पनि यी तीन खानले बलिउडमा सघंर्ष गर्दैँ आ-आफ्नो छुट्टै स्थान बनाउन सफल भए। यसको चर्चा वरिष्ठ पत्रकार कावेरी बमजईले आफ्नो नयाँ किताब ‘द थ्री खान्सः एन्ड द इमर्जेन्स अफ न्यू इन्डिया’मा उल्लेख गरेकी छिन्।

तीन खानको उदय
रोचक कुरा त सन् १९८८ मा तीनैजना आफ्नो करिअरको सुरुवात गरिरहेका थिए। ‘यस्तो समय जतिबेला हामीसँग सबै कुरा एउटै हुने गर्थ्यो -एउटा च्यानल, एउटा टेलिभिजन, एउटा टेलिफोन, सिंगल थिएटर। जुन बेला उनीहरूको करिअर बदलिनुका साथै भारत पनि बदलियो’ पत्रकार कावेरी बमजईले बताइन्।

फिल्म दिल दिलवाले दुल्हनिया ले जाएँगे’, ‘मैंने प्यार किया’ र ‘कयामत से कयामत तक’। जुन फिल्महरूमा यी कलाकारहरू असल प्रेमी, पति या छोराका रुपमा देखा परे र पर्दामा मध्यम वर्गीय ‘भ्यालुज’हरू देखाएको उनको तर्क छ।

पहिले फिल्ममा गाउँका समस्या, समाजमा भइरहेको अन्यायको बदला र गरिबीका कथा देखाइने गरिन्थ्यो। तर, बदलिँदो समयसँगै ‘साथी हात बढाना’ ले ‘दिल मांगे मोर’तिर जोड दिन सुरु गर्‍यो।

९० को दशकमा मान्छेहरू राम्रो खान, राम्रो लगाउन र दुनियाँ घुम्न चाहन्थे। पहिले मान्छेहरू स्विट्जरल्यान्ड जाने सपना मात्रै देख्ने भए तापनि यी तीन खानको फिल्मको माध्यमबाट सबै कुरा सम्भव भएको कावेरी बताउँछिन्।

कावेरी भन्छिन् ‘पूरा संसार खुल्यो, भारतको आइटी इन्डस्ट्रीले फड्को मारे र जुन समय कल सेन्टर आइरहेको थियो। फिल्ममा विजयको चरित्र प्रेम र राजमा बदलिरहेको थियो। शहरीकरण भइरहेको थियो, मान्छेहरू एउटा ठाउँबाट अर्को ठाउँ गइरहेका थिए।’विस्तारै-विस्तारै गाउँ र गरिबी ठूलो पर्दाबाट हराउँदै गए। फिल्ममा ८० को दशकमा जुन क्रोध देखिन्थ्यो। त्यो पनि कम हुँदै गइरहेको कावेरी बमजईको बुझाइ छ।

हिरो गीतार समाउने र हिरोइन घोडामाथि सवार
८० को दर्शकमा उत्तरार्धमा जब हिन्दी फिल्म भीसीआरको मुनि थियो। खानहरूले पारिवारिक दर्शकलाई सिनेमा घरमा फिर्ता ल्याउन सफल भए।

फलरुवरुप ‘कयामत से कयामत तक’, ‘मैने प्यार किया’ र ‘दीवाना’को जमानामा आएको ‘हुकुमत’ र ‘तेजाब’जस्ता फिल्म आए पनि आमिर खानलाई दर्शकले ‘क्युट हिरो’ को रुपमा स्वीकार गरे।

‘जब आमिर खानले, ‘पापा कहते हैँ, बडा नाम करेगा’ गीत गाए। जुन गीत उनले नयाँ पुस्ताका लागि गाएका थिए, जुन पुरानो पुस्ताका धमेन्द्र वा पर्दामा चिच्याउने अनिल कपुरसँग जोडिन सकेको थिएन’ उनले सुनाइन्।

कावेरी बमजई भन्छिन्, ‘हिरो गितार समतातिरहेका हुन्थे, हिरोइन घोडामा चढेर पर्दामा देखिन्थिइन्। ती जुही चावला थिइन्, जो आमिर खानलाई फरक तरिकाबाट पर्खिन्थिइन्। जुन फिल्म क्षेत्रमा भएको एक नयाँ परिवर्तन थियो।’

शाहरूख खान जोखिम मोल्दै बने ‘पोस्टर ब्वाई’
कावेरी बमजईले आफ्नो ३० वर्षको पत्रकारिता करिअरमा तीन खानको संघर्षलाई नजिकबाट नियाल्ने मौका पाइन्। तर कुन खानको जीवनबाट उनी बढी प्रभावित भइन् त?

जवाफमा उनी भन्छिन् ‘सबैभन्दा बढी चुनौती शाहरूख खानको अगाडि थियो। धेरै मान्छेहरू आए फिल्म उद्योगमा। तर, शाहरूख खान एक थिए, जो बाहिरबाट आएका थिए।’

अमिताभ बच्चन कोलकत्ताबाट आएता पनि उनको छुट्टै एउटा स्तर थियो। किनकी उनी इन्दिरा गान्धीको साथीका छोरा थिए। सबै उनलाई चिन्थे। तर शाहरूख खानको फिल्म क्षेत्रमा कोही नभएको र उनी मात्र आफ्नो क्षमताले बलिउडमा आएको बमजईको दाबी छ।

शाहरूख टेलिभिजनमा काम गर्दैँ ठूलो पर्दामा भित्रिएका थिए। उनले ती फिल्महरूमा समेत काम गरे जसलाई सलमान र आमिरले ‘रिजेक्ट’ गरेका थिए। ‘बाजीगर’ सलमानलाई मिलेको थियो, तर उनी फिल्ममा काम गर्न राजी भएनन्। फिल्म ‘डर’ पनि पहिले आमिरलाई अफर गरिएको थियो। तर उनले अस्वीकार गरेपछि शाहरूख खानको पोल्टामा आयो।

शाहरूख खानलाई बलिउडको ‘पंजाबी हिन्दु क्लब’को राम्रो साथ मिलेको थियो। यश चोपडा, यश जौहर, आदित्य चोपडा र करण जौहरका कारण उनी ‘पोस्टर ब्वाई’ बने।

धेरै गल्ती र फ्लप फिल्म
सलमान र आमिर दुवै फिल्म परिवारबाट नै आएता पनि उनीहरूको फिल्म करिअर त्यति सजिलो भने थिएन।
सलमान र आमिरको लामो यात्रालाई देखेकी कावेरी भन्छिन्, ‘आमिरका बुवा हिन्दी फिल्ममा सफल भएनन् तर सलीम साहबले लेखकका हिसाबले निकै नाम कमाए। तर, उनलाई त्यो ठाउँ कहिले मिलेन, जसको उनी हकदार रहे।’

त्यसैले पहिलो फिल्म पाउनका आमिर र सलमानले पनि निकै पापड बेले। तीन जना खानले पहिलो सफल फिल्म दिएपछि पनि धेरै गल्ती गरेका थिए जसकारण उनका फिल्म लगातार ‘फ्लप’ समेत भएका थिए।

किताब ‘द थ्री खान्सः एन्ड द इमर्जेन्स अफ न्यू इन्डिया’को कभरपेजलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको रहेछ। आमिरको ‘लगान’ को फोटो, सलमानको ‘दबंग’ र शाहरूखको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को फोटो नै किन राखेको भनि कावेरीलाई प्रश्नको ओइरो नै लाग्ने गर्छ।

जवाफमा कावेरी भन्छिन्, ‘यी फिल्महरू उनीहरूको करिअरमा टर्निङ प्वाइन्ट सावित भएका थिए। यी फिल्मभन्दा अघि कैयौँ गल्ती गरे तर ती सबै गल्तीहरूबाट सिकेर उनीहरू अगाडि बढे।’

उनले सलमानको मिडियाप्रतिको आक्रोशबारे किताबमा चर्चा गरेकी छिन्। सलमान मिडियाले सधैँ आफूलाई मन नपराउने ठान्छन्। तर, सलमानले आफ्नो निजी जिन्दगीमा एकदमै धेरै गलत गरेका कावेरीको तर्क छ।

भन्छिन् ‘सडकमा सुतिरहेका मान्छेमाथि गाडी चलाएको केस होस् या हरिणलाई मारेको। तर, यी सबै आरोप लागे पनि उनलाई उनका फ्यानहरूले सधैँ माया गरिरहे।’

यी तीनै खानले कहिले नाम बदल्नु परेन
समाज र सोच बदलिए पनि यी तीन खानहरूलाई आफ्नो नाम बदल्न भने कुनै जरुरी नै परेन। त्यस्तो कुनै समय आएन जहाँ नाम बदल्न आवश्यक होस्।

आजको समयमा जसरी पहिचानको राजनीति चलिरहेको छ, त्यहाँ धर्म, जाति र लैङ्गिकता सबै जरुरी छ। तर, यी तीन खान सधैँ यसबाट टाढा रहे। आमिरकी श्रीमती हिन्दू थिइन्, शाहरूखकी श्रीमती पनि हिन्दू र दुवैले धर्मलाई राम्रोसँग निभाए।

शाहरूख र आमिरजस्तै सलमान खानका फ्यान पनि हिन्दू-मुसलमान दुवै थिए। पढे-लेखेका सफल व्यक्ति वा मजदुरी गर्ने श्रमिक वर्ग जो होस्, सबैले यिनीहरूको तारिफ गरे। जसकारण आम मानिसहरूलाई सिंगल थिएटरबाट मल्टिप्लेक्स थिएटरसम्म लान पनि सफल रहे। उनीहरूको समयबाट सिल्भर जुब्ली र गोल्डेन जुब्लीको कन्सेप्ट पनि विस्तारै हराउँदै गएको थियो।

साथै यी तीनै खानको सफलताको श्रेय उनीहरूको फिल्म संगीतको चयनलाई समेत जान्छ। सबै कलाकार एक्सन हिरो बन्ने जमाना थियो। तर यस्तो बेला पनि यी तीनैजना रोमान्टिक हिरोको छवि लिएर पर्दामा आइरहेको र फिल्मको संगीतले उनीहरूलाई साथ दिइरहेको चर्चित ट्रेड एक्सपर्ट आमोद मेहरा बीबीसीसँग बताउँछन्।

उनीहरूको फिल्ममा संगीत यति दमदार थियो कि संगीतले नै दर्शकहरू हलसम्म तानिन्थ्ये। उनीहरूले युवाहरूलाई टार्गेट गरेर फिल्म बनाउन थाले जसकारण युवाहरूको रोजाइमा उनीहरूको फिल्म पर्न थाल्यो।

अबको यात्रा कति कठिन ?
यी तीन खानहरूको लामो समयदेखि बलिउडमा दबदबा छ। तर अहिलेको ओटीटी प्ल्याटफर्मको समयमा यी तीन खानलाई भविष्यमा कति चुनौतीपूर्ण हुन्छ भन्ने प्रश्न भने खडा हुन्छ।

यसै विषयमा फिल्म पत्रकार आमोद मेहरा भन्छन्, ‘आमिरले आफूलाई क्यारेक्टर रोलमा ढालिसके। जसरी हामीले ‘दंगल’मा देख्यौँ, उनी त्यसैगरी कथासँगै ढलिरहेका छन्। अब सलमान र शाहरूखलाई आफ्नो एक्सन र रोमान्टिक छविबाट बाहिर निस्किएर केही नयाँ गर्न जरुरी छ। नत्र उनीहरूलाई साह्रै कठिन हुन सक्छ।’

तर, पत्रकार कावेरीको बुझाइ भने फरक छ। यी कलाकारको सफल समय पछि पनि रहने उनको तर्क छ।
भन्छिन्, ‘चाहे ओटीटी आओस् या अरु प्ल्याटफर्म, जब एक पटक फेरि हल खुल्छन्, यिनीहरूको दबदबा कायम नै रहन्छ। तर पहिलेभन्दा केही नयाँ चाहिँ पक्कै गर्नुपर्छ। दर्शकलाई यिनीहरूको ३० वर्ष देखिको साथ र माया छ, जुन यति चाँडै सकिने छैन। तर, नयाँपन ल्याउन चाहिँ आवश्यक छ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!