बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस महाधिवेशन मंसिर ९–१३ मा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
साउन ३१, २०७८ ०७;४१ बिहान प्रकाशित
कांग्रेस महाधिवेशन मंसिर ९–१३ मा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — कांग्रेसले संविधानले तोकेको समयसीमाभित्र प्रक्रिया सुरु गरेर आगामी मंसिरमा चौधौं महाधिवेशन गर्ने निर्णय गरेको छ । तीन दिनदेखि चलेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ बाट अधिवेशनको प्रक्रिया सुरु गरी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको हो ।

नयाँ कार्यसमिति निर्वाचनका लागि संविधानले निर्धारण गरेको साढे ५ वर्षको अवधि भदौ २३ मा सकिँदै थियो । तोकिएका समयसीमाभित्र पार्टीका आठवटै तहका अधिवेशन नसकिने भएपछि कांग्रेसले वैधानिकता जोगाउन संविधानको समयसीमाभित्र प्रक्रिया सुरु गरी महाधिवेशनको तालिका करिब तीन महिना सारेको हो ।

कांग्रेसका करिब साढे ९ लाख क्रियाशील सदस्य छन् । यी मुलुकभरका ६ हजार ७ सय ४७ वडाको अधिवेशनका मतदाता हुन् । उनीहरूले वडा, गाउँ, नगरपालिका, प्रतिनिधिसभा क्षेत्रीय र प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधि चयन गर्छन् । महाधिवेशनका मतदाता चयन हुन कम्तीमा वडा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको अधिवेशन हुनैपर्ने बाध्यता छ । कांग्रेसले भदौ १८ मा वडा तहको अधिवेशन गर्ने भएको छ । त्यसपछि स्थानीय तहका अधिवेशन कात्तिक १२ सम्म सकिनेछन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संकटबाट बचाउन सहमतिबाटै कार्यतालिका ल्याइएको बताए । भदौ २३ भित्र महाधिवेशन नभएमा पार्टी जोखिममा पर्ने भन्दै पौडेलले तोकिएकै मितिमा गराउनुपर्ने अडान लिएका थिए । यसअघि महाधिवेशनको तालिका भदौ १६–१९ सम्म तोकिएको थियो ।

‘पार्टीको भविष्य संकटपूर्ण अवस्थामा छ, अर्कोतर्फ राष्ट्रिय चुनौती छन्, यस्तो बेला सहमतिबाटै अघि बढ्ने निर्णय हामीले गरेका छौं,’ पौडेलले भने, ‘क्रियाशील सदस्यता पनि सहमतिबाटै टुंग्याउँछौं र सबै अधिवेशन सहमतिबाटै अघि बढ्छन् ।’

संविधानका समयसीमाभित्र महाधिवेशनको प्रक्रिया सुरु भएमा वैधानिकता जोखिममा नपर्ने भनी निर्वाचन आयोगका पदाधिकारी र पार्टीनिकट कानुन व्यवसायीले सुझाव दिएपछि कांग्रेसले त्यही बाटो समातेको हो । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र कानुन व्यवसायीसँग केही दिनअघिदेखि परामर्श गरेका थिए । पार्टीको संगठन विभागका प्रमुखसमेत रहेका नेता गोपालमान श्रेष्ठले नयाँ कार्यतालिकाका बारेमा निर्वाचन आयोगलाई जानकारी गराइने बताए । ‘अदालतले लकडाउनको समयलाई शून्य अवधि मान्ने अर्को आधार पनि हामीसँग छ तर समयसीमाभित्रै प्रक्रिया सुरु गरेपछि पार्टीको वैधानिकतामाथि प्रश्नचिह्न आउने कुरै भएन,’ उनले भने, ‘हाम्रो समयसीमा भदौ २३ हो । भदौ २३ मा वडा अधिवेशन गरेपछि हाम्रो प्रक्रिया सुरु भयो । यो कार्यतालिका निर्वाचन आयोगलाई औपचारिक रूपमै जानकारी गराउनेछौं ।’

कांग्रेसले यसअघि केन्द्रीय महाधिवेशन दुई पटक र स्थानीय तहका अधिवेशनको तालिका तीन पटक सारेको थियो । अब फेरि महाधिवेशन सार्ने सुविधा कांग्रेसलाई कानुनी र व्यावहारिक रूपमा सम्भव देखिन्न । कुनै बहानामा महाधिवेशन सर्छ कि भन्ने प्रश्नमा पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले भने, ‘अब फेरि महाधिवेशन सार्नका लागि पार्टीभित्र एकमत हुने सम्भावना छैन । एकमत नहुँदा व्यावहारिक रूपमा सम्भव छैन । संविधान र कानुनले पनि त्यो सुविधा अब हामीलाई दिँदैन ।’ वरिष्ठ नेता पौडेलले भदौ ३ बाट निर्वाचन समितिले वडा तहको अधिवेशन सुरु गर्ने हुँदा केन्द्रीय महाधिवेशन सर्ने सम्भावना अब नरहेको बताए । ‘भदौ ३ भित्रै हामी क्रियाशील सदस्यताको टुंगो लगाएर निर्वाचन समितिलाई दिन्छौं, त्यसपछि निर्वाचन समितिले काम गर्ने हो, हाम्रो काम हुँदैन,’ पौडेलले भने, ‘निर्वाचन समितिले अधिवेशन सुरु गरेपछि कुनै पनि अवस्थामा महाधिवेशन सर्दैन ।’

संस्थापनपक्षीय नेता श्रेष्ठले पनि महाधिवेशन सर्ने अवस्था अब नहुने बताए । ‘कोरोना महामारी अचाक्ली बढेमाबाहेक अब महाधिवेशन सार्ने कुनै आधार हामीसँग हुन्न, सर्ने अवस्था पनि छैन,’ उनले भने, ‘मंसिरमै सार्नका लागि पनि नेताहरूलाई कठिनाइ थियो । मैले नै बिरालोको घाँटीमा घण्टी बाँध्ने काम गरेको हुँ ।’

महाधिवेशनअघि सबै मतदातालाई भ्याक्सिन लगाइसक्न पनि प्रधानमन्त्रीलाई बैठकमा नेताहरूले आग्रह गरेका छन् । ‘त्यतिञ्जेल एकतिहाइ जनताले खोप पाइसक्ने प्रधानमन्त्रीले बताउनुभएको छ,’ सिटौलाले भने, ‘वडादेखि केन्द्रको महाधिवेशन गर्न हामीलाई करिब तीन महिना लाग्थ्यो तर प्रक्रिया छोट्याएर दसैं/तिहारको समयबाहेक दुई महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न खोजेका छौं ।’

वडा तहको अधिवेशन सुरु नभई केन्द्रीय महाधिवेशन हुन नसक्ने भएकाले भदौ १८ बाट सुरु हुने प्रक्रियाले पार्टीको वैधानिकता जोगिने बताए । ‘साढे पाँच वर्षभित्रै केन्द्र र प्रदेशको कार्यसमिति चयन गर्नुपर्ने संविधानको बाध्यात्मक व्यवस्था हो । हामीले समयभित्रै अधिवेशन गर्न प्रक्रिया सुरु नगरेको होइन । कोरोना महामारीले प्रतिकूल अवस्था खडा गर्‍यो । हाम्रा धेरै साथी बित्नु पनि भयो । अधिवेशनका गतिविधि अघि बढ्न सकेन, पूर्वनिर्धारित समयसीमा हामीले अधिवेशन सम्पन्न गर्न सकेनौं,’ सिटौलाले भने, ‘यो प्रतिकूल अवस्थामा पनि हामीले समयभित्रै प्रक्रिया सुरु गराएर मंसिरभित्र केन्द्रीय महाधिवेशन गर्दै छौं । अब यो तालिका कुनै हालतमा परिवर्तन हुन सक्दैन ।’

यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

– गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)

– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)

– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)

– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)

– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!