गत चौबिस घण्टामा देशभर थप २१७ जनामा कोरोना भाइरस संक्रमण र १३५ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १४८ जना स्थानिय र ६९ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,२७,६८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १८,७७७ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२३,७५,९०३ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ८९ जना
आईसीयुमा भर्ना भएका – १ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – २१ जना
निको हुनेको संख्या : २,२४,८३८
आज सम्म खोप वितरण : ३९,५१,५१८
आजको खोप वितरण : ९,२४७
सक्रिय संक्रमित : २,२५०
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-