बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाना डेलिभरीको दृश्यले चर्चामा आएका अफगानी मन्त्रीको कथा।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
भदौ १२, २०७८ ०९;४२ बिहान प्रकाशित
खाना डेलिभरीको दृश्यले चर्चामा आएका अफगानी मन्त्रीको कथा।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सईद सादात अफगानिस्तानको सरकारमा सञ्चारमन्त्री थिए। राम्रो भविष्यको आशामा उनी गत डिसेम्बरमा जर्मनी पुगे। अहिले उनी जर्मनीको पूर्वी शहर लाइपजिगमा ‘डेलिभरी म्यान’को काम गर्छन्।

मन्त्रीको रुपमा सरकारमा रहेर २ वर्षसम्म काम गरिसकेपछि पनि यस्तो काम गर्दा स्वदेशमा केहीले उनको आलोचना गर्ने गरेको उनी बताउँछन्। उनी सन् २०१८ मा मन्त्रीको जिम्मेवारीबाट बाहिरिएका थिए। केहीले आलोचना गरेपनि उनलाई भने कुनै काम ठूलो सानो लाग्दैन।

‘मैले दोषी महसुस गरेको छैन’, सुन्तला रंगको ड्रेसमा आफ्नो साइकल अगाडि उभिएका सादातले भने।
४९ वर्षीय सादात बेलायत र अफगानिस्तान दुवै देशका नागरिक हुन्। राष्ट्रपतिको टिमका केही सदस्यसँगको असहमतिपछि आफू अफगानिस्तान सरकारबाट बाहिरिएको उनी बताउँछन्।

‘म अरु राजनीतिज्ञहरुले पनि यसै गरुन् भन्ने चाहन्छु- लुकेर बस्ने होइन कि जनतामाझ गएर काम गर्ने,’ उनले भने।
अफगानिस्तानमा तालिबानको कब्जापछि निम्तिएको भयावह अवस्थापछि उनको कथाले विशेष महत्व पाएको छ। उनका परिवार र साथीहरु पनि देश छोड्न चाहन्छन्। उद्धार उडानमार्फत देश छोड्न चाहेका हजारौँ नागरिकहरुको भिडमा उनीहरु पनि सामेल हुन चाहन्छन्। देश छोड्न अन्य मार्गको खोजीमा पनि छन् उनीहरु।

अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लैजाने भएसँगै यो वर्षको सुरुवातदेखि नै जर्मनीमा आप्रवासीको रुपमा आउन चाहने अफगान नागरिकहरुको संख्या ह्वात्तै बढेको थियो। आप्रवासन र शरणार्थीहरुको लागि संघीय कार्यालयको तथ्यांक अनुसार यो संख्या १३० प्रतिशतले बढेको छ।

दोहोरो नागरिकताको अर्थ उनी बेलायतमै बस्न पनि सक्थे, जहाँ उनले आफ्नो जीवनको धेरै समय बिताए। तर, सन् २०२० को अन्त्यमा उनले जर्मनी जाने निर्णय गरे। युरोपियन युनियनबाट बेलायत बाहिरिनु भन्दा अघि नै उनले यो निर्णय लिएका थिए। यो नै जर्मनी जाने उनको लागि अन्तिम अवसर थियो।

उनले जर्मनी छनौट गरे किनभने उनलाई लाग्छ कि यहाँ राम्रो आर्थिक भविष्य छ। र, दूरसञ्चार तथा आइटी क्षेत्रहरुमा आफ्नो अग्रणी भूमिकाको पनि उनले अपेक्षा गरेका छन्।

सञ्चारमन्त्री भइसकेको उनको पृष्ठभूमि भएपनि उनले जर्मनीमा आफ्नो योग्यता र अनुभव अनुसारको जागिर पाएका छैनन्। उनीले आइटी र दूरसञ्चार विषयमा डिग्री गरेका छन्। सोही योग्यताको आधारमा उनले सम्बन्धित क्षेत्रमा जागिर पाउने आशा लिएका छन्। तर, जर्मन भाषाको ज्ञानबिना उनले जागिर पाउने सम्भावना निकै कम छ।

‘भाषा चाहिँ सबैभन्दा महत्वपूर्ण पाटो रह्यो,’ सादातले भने।
‘लाइफेरान्डो’ कम्पनीको लागि खाना डेलिभरी गर्ने ६ घण्टाको साँझको कामअघि उनले भाषा स्कुलमा दिनको चार घण्टा जर्मन भाषा सिक्ने गरेका छन्। सो कम्पनीमा उनले यसै ग्रीष्म ऋतुदेखि काम गर्न थालेका हुन्।

‘शुरुका केही दिन रोमाञ्चक तर कठिन थिए,’ शहरमा बाक्लो सवारी आवागमनका बीच साइकल चलाउन सिक्दाका चुनौतिबारे वर्णन गर्दै उनले भने।
‘जति धेरै बाहिर गयो र मानिसहरुसँग भेटघाट गर्‍यो, त्यति नै धेरै सिकिन्छ,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!