काठमाण्डाै – अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरेको छ । अफगानिस्तान छाड्न चाहने थप ६ हजार ८ सय नागरिकको उद्धार गरेको बीबीसी जनाएको छ ।
योसँगै अमेरिकाले अफगानिस्तानबाट उद्धार गर्नेहरुको सङ्ख्या झण्डै एक लाख १२ हजार पुगेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका छन् । अमेरिकी र अरु विभिन्न देशका विमानले उद्धारको काम गर्दै आएका छन् ।
तालिबानले यही अगस्ट ३१ सम्म आफ्ना सैनिक निकाल्न अमेरिकालाई भनिरहेको छ । अमेरिकाले उद्धारको काम तीव्र बनाएको हो । अफगानिस्तान छोड्न चाहनेको भीडभाडकै बीच गएको बिहीवार विमानस्थल नजिकै बम विस्फोट भएको थियो ।
लगत्तै अमेरिकाले गरेको ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएको अमेरिकी सैन्य बललाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-