जापानमा कोरोना भाइरस संक्रमणका कारण बिरामी हुनेको सख्ंया दैनिक रुपमा बढ्दै गएको छ । शुक्रबार मात्र संक्रमणका कारण २ हजार नाघेको छ । विगत १५ दिनयता दैनिक बिरामी हुनेको संख्या बढिरहेको क्रममा शुक्रबार २ हजार नाघेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिरामी भएकामध्ये सघन उपचारका साथ भेन्टिलेटरमा राखिएकाको संख्या बिहिबारकोभन्दभा बढेको छ ।जापानमा बिरामीको संख्या दैनिक रुपमा बढे पनि संक्रमित भने घटिरहेको अनौठो परिस्थिति देखिएको छ । शुक्रबार राजधानी टोकियोमा अघिल्लो साताको तुलनामा १ हजार १ सय २७ जनाले कमी आएको छ ।
समाचार अनुसार टोकियोमा शुक्रबार ४ हजार २ सय २७ जना संक्रमित थपिएका छन् । यो संख्या बढी नै भए पनि एक सातायता लगातारले घट्दैआएको छ । तर टोकियोमा पनि बिरामीको संख्या भने बढिरहेको छ ।
जापानका अन्य प्रान्तहरुमा भने संक्रमितको संख्या बढेको छ । शुक्रबार ओसाकामा २ हजार ८ स य१४, कानागावामा २ हजार ६ सय ६२, आइचीमा २ हजार ३ सय ४७, साइतामामा १ हजार ५ सय २४, चिबामा १ हजार ४ सय ८९, ह्योगोमा १ हजार ६१, फुकुओकामा ९ सय ९६, ओकिनावामा ६ सय ९२, मिएमा ४ सय २३, होक्काइदोमा ३ सय ८२ र गिफुमा ३ सय ८ जना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-