अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा पुन आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। शनिवार एक विज्ञप्तिमार्फत बाइडेनले २४ देखि ३६ घण्टाभित्रमा अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका हुन्।
अमेरिकाले अबको तीन दिनपछि अफगानिस्तान पूर्ण रुपमा छाड्ने तालिका बनाएको थियो। यद्यपि बाइडेनले पछिल्ला दिनहरुमा आफ्ना नागरिकलाई सुरक्षितपूर्वक देश फिर्ती नगरेसम्म आफ्नो फौजले अफगानिस्तान नछाड्ने बताइसकेका छन्।
यसअघि पनि अमेरिकाले काबुल विमानस्थल बाहिर आक्रमण हुनसक्ने चेतावनी दिएको थियो। चेतावनी दिएको केही समयमै काबुल विमानस्थलबाहिर दुई शक्तिशाली आत्मघाती बम विस्फोट हुँदा १७० जना अफगानी र १३ जना अमेरिकी सेनाको मृत्यु भएको थियो।
बाइडेनले काबुल विमानस्थलमा कडा सुरक्षा दिन आफ्नो फौजलाई निर्देशन दिइसकेका छन्। तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि एक लाख बढीले अफगानिस्तान छाडिसकेका छन्।
बाइडेनले आफ्नो नागरिको ज्यान लिनेको बदला लिने चेतावनी दिइसकेको छ। यो चेतावनीसँगै अमेरिकाले अफगानिस्तानमा ड्रोन प्रहार गर्दा एक आइएसआइएस लडाकुको मृत्यु भएको बताइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-