अगष्ट २३ का दिन कौन बनेगा करोडपति १३ प्रिमियर भयो, जसमा चर्चित अभिनेता अमिताभ बच्चन १२ औँ पटक सञ्चालकको रुपमा प्रस्तुत भएका छन्।कौन बनेगा करोडपति (केबीसी) कै कुरा भइरहँदा, यसको सिजन ५ का विजेता सुशिल कुमारको दुखःद जीवनको कथा सुनौँ।
सन् २०११ मा क्विजमा आधारित रियालिटि सोमा त्यति धेरै रकम जित्ने उनी पहिलो प्रतियोगी थिए। बिहारको मध्यम वर्गिय परिवारका उनी, विजेता बनेपछि लोकल सेलिब्रेटि बने। जितेको ५ करोड रुपियाँले उनी आफ्नो सपना पुरा गर्न सक्थे। यद्यपि, त्यस्तो भएन। सुशिल कुमार त्यो पैसालाई बुद्धिमानी पूर्वक लगानी गर्न असफल रहे र चाँडै बैंकरप्ट भए। उनै पूर्व केबीसी विजेताले गत वर्ष फेसबुकमा लामो नोटबाट आफ्नो कथा खुलाएका थिए।
५ करोड विजेतादेखि बैंकरप्टसम्मः केबीसी ५ विजेता सुशिल कुमारको दुखःद जीवन कथा
२०११ मा, बिग बी अर्थात अभिताभ बच्चनले विहार निवासी सुशिल कुमारलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए, जसपश्चात उनको ख्याती चुलियो। एक लामो फेसबुक नोटमा, सुशिलले केबीसी जितेपश्चात कसरी उनको जीवनको सबैभन्दा नराम्रो अवधि शुरु भएको भन्ने बताएका थिए।
उनले लेखेका थिए, ‘२०१५–२०१६ मेरो जीवनको सबैभन्दा चुनौतिपूर्ण समय थियो। मलाई थाहा थिएन के गर्ने भन्ने। म लोकल सेलिब्रेटि थिएँ र कहिले विहारमा त कहिले कहाँ गरी महिनाको १० कहिले काही त १५ दिन पनि कार्यक्रमहरुमा सहभागिता जनाएको छुँ। म पढाइबाट टाढा हुँदै गइरहेको थिए। र लोकल सेलिब्रेटि भएका कारण, त्यो समयमा मिडियालाई सिरियस्ली लिन्थेँ। कहिले काहीँ पत्रकारहरु मेरो अन्तरवार्ता लिन्थे र मेरो बारेमा लेख्थे। उनीहरुसँग कसरी बोल्नुपर्छ भन्ने अनुभव नभइ म उनीहरुलाई व्यवसायको बारेमा भन्थे। यद्यपि, ती व्यवसायहरु केही दिनपछि बन्द हुन्थे।’
‘धेरै मानिसहरुले मलाई धोका दिए’
सुशिल च्यारिटीमा सक्रिय रुपमा सहभागि भए तर पछि ति सबै नाटक मात्र ठहरिए। यसले पनि श्रीमतीसँग उनको सम्बन्ध नराम्रो बनायो। उनी लेख्छन्, ‘केबीसीपछि, म परोपकारी बनेँ, जससँग ‘गोप्य दान’ गर्ने लत छ र त्यस्ता दान कार्यक्रमहरुमा महिनामा ५० हजार वटामा सहभागि हुन्थे। त्यही कारणले, धेरै पटक, धेरै मानिसहरुले मलाई धोका दिए। जसको जानकारी मैले दान दिइसकेपछि मात्र थाहा पाए। सोही कारणले, श्रीमतीसँग मेरो सम्बन्ध बिग्रिन थाल्यो। उनी प्रायः भन्ने गर्थे कि मलाई सहि र गलत मानिस कसरी छुट्याउने थाहा छैन र म भविष्यको बारेमा चिन्तित छैन। यस कुरामा हामी झगडा पनि गर्थौँ।’
‘रक्सी र चुरोटको लतमा फसेँ’
सुशिलले रक्सीको लतबाट पनि संघर्ष गरे। उनी लेख्छन्, ‘मेरो व्यवसायको प्रकृति अनुसार, म केही त्यस्ता केटाहरुको सम्पर्कमा आएँ जो मिडिया पढिरहेका थिए। म केही रंगमञ्च कलाकारसँग पनि परिचित भएँ। जब जब म ती विद्यार्थी र कलाकारहरु विषय वस्तुको बारे कुरा गर्थेँ, मलाई डर लाग्थ्यो र आफुलाई सो विषय वस्तुको ज्ञान नभएको महसुस गर्थेँ। विस्तारै, म रक्सी र चुरोटको लत लाग्यो, अन्य कुराको लतसँगै। जब म एक हप्ताको लागि दिल्ली बस्थे, म विभिन्न सात समूहसँग धुम्रपान र मद्यपानमा सहभागि हुन्थेँ। मलाई उनीहरुको कुरा रोचक लाग्थ्यो। उनीहरुको साथमा, मैले मिडियालाई निकै हल्कासँग लिन थालेँ।
बैंकरप्सीको समाचार आगोसरी फैलियो
पछि, उनले आफु बैंकरप्ट भएको खुलासा गरे, त्यसपछि मानिसहरुले उनलाई बोलाउन छाडे। उनी अगाडि लेख्छन्, ‘र अब, म कसरी बैंकरप्ट भए…..? तपाईलाई यो कथा केही फिल्मी लाग्न सक्छ। एक दिन म आरामले हिँडिरहेको थिए, अंग्रेजी पत्रिकाको एक पत्रकारले मलाई फोन गर्यो। सबै कुरा राम्रै गइरहेको थियो, अचानक उनले एउटा त्यस्तो प्रश्न सोध्यो जसले मलाई उक्सायो, त्यसैगरी मैले हचुवामा मेरो पैसा सबै सकिसक्यो र अहिले मसँग दुई गाई छ र दुध बेचेर गुजारा चलाइरहेको छुँ। र त्यसपछि, सबैलाई त्यस समाचारको असरबारे जानकार हुनुहुन्छ होला। चाँडै नै, जो मेरो वरिपरि हुन्थे, उनीहरु टाढिए। मलाई कार्यक्रमहरुमा बोलाइन छोडियो र त्यसपछि मैले अब के गर्ने भन्ने बारे सोच्न समय पाएँ।’
फिल्म बनाउन सुशिल मुम्बइ सरे
सुशिलले आफ्नो श्रीमतीसँग करिब छुट्टिनु परेको खुलासा पनि गरे। उनी फिल्म बनाउन मुम्बइ सरे। उनी लेख्छन्, ‘फिल्म निर्देशक बन्ने सपना बोकेर म मुम्बइ आउनु पर्यो, तर त्यसपछि मैले त्यो छोडेँर गीत लेख्ने मेरो साथीसँग बस्न थालेँ। म दिनभरी पल्टिन्थेँ र एक पछि अर्को फिल्म हेर्थेँ अथवा आफुसँग लिएर आएको किताब पढ्थेँ। यस्तो कार्य करिब ६ महिना चल्यो र त्यसअवधिमा म दिनमा एक प्याकेट चुरोट पिउथेँ। दिनभरी एक्लै बसिरहेको भएर मैले आफुलाई अर्को दृष्टिकोणले हेर्ने मौका पाएँ। र मैले धेरै कुरा महशुस गरेँ। त्यसी समयमा मैले तीनओटा स्क्रिप्ट लेखेँ जुन एक प्रडक्सन हाउसले मन परायो र त्यसका लागि २० हजार रुपैयाँ दियो। चाँडै नै म मुम्बइबाट घर फर्किएँ र शिक्षक बन्ने तयारी गरे। र म त्यसमा लागेँ।
अहिले सुशिलको जीवनमा सबै ठिक छ
अन्त्यमा सुशिल लेख्छन्, ‘शहरमा एक्लै ६ महिना बितिइसकेपछि, मैले महसुस गरे कि म मुम्बइ फिल्म बनाउन आएको होइन। म केबल मेरा समस्याहरुसँग भागिरहेका थिएँ। मैले महसुस गरेँ कि जब तपाई मनलाई पछ्याउनु हुन्छ तब खुशी आउँछ। म घर फर्किएँ र टिचिङ्ग कोर्षका लागि शुरु गर्न थालेँ, जुन मैले पुरा गरेँ। म धेरै वातावरणिय काममा सहभागि भए जसले मलाई आनन्द दियो। मैले २०१६ मा रक्सी छोडेँर गत वर्ष चुरोट पनि छोडेँ। अहिले, हरेक दिन मेरो लागि चाड जस्तै लाग्छ। म आफ्नो जीविका चलाउन पुग्ने कमाउन चाहन्छु र वातावरण राम्रो बनाउनका लागि केही गरिरहन चाहन्छु।’
प्रतिक्रिया लेख्नुहोस्:-