बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमा प्रयोग भइसकेको स्मार्टफोन पुनः प्रयोगको सम्भावना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
भदौ २२, २०७८ ०९;४० बिहान प्रकाशित
नेपालमा प्रयोग भइसकेको स्मार्टफोन पुनः प्रयोगको सम्भावना
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सरकारले आवश्यक कानुन बनाइदिएमा नेपालमा मोबाइल फोन रिफर्बिस (बिग्रिएको फोन मर्मतपछि पुनः प्रयोग/बिक्री)को सम्भावना देखिएको छ । नेपालमा हरेक वर्ष १३ लाख सेट मोबाइल स्मार्टफोन फालिने मोबाइल आयातकर्ता सङ्घको भनाइ छ । त्यसमा ३ लाख फोन प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका हुन्छन् । बाँकी १० लाख सेट स्मार्टफोनलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

यसका लागि नेपाल सरकारले कर, मोबाइलको पार्टपुर्जाको आयात, उद्योग (प्लान्ट) स्थापना लगायतमा सहयोग गर्नुपर्ने व्यवसायीले बताएका छन् । नेपाल मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मलहोत्राले सरकारले आवश्यक सहयोग गरेमा मोबाइलको रिफर्बिस गर्न निजी क्षेत्र तयार रहेको बताए । उनले त्यसका लागि चाहिने कानुन निर्माणदेखि झन्झटिला नीति हटाइनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘एक जना नेपालीले सामान्यतया तीन वर्षमा एउटा फोन परिवर्तन गर्छन् । यस आधारमा नेपालमा हरेक वर्ष १३ लाख सेट स्मार्टफोन फालिन्छन् । ती फालिने फोनलाई सङ्कलन गरेर आवश्यक मर्मतपछि पुनः बिक्रीका लागि बजारमा पठाउन निजी क्षेत्र तयार छ ।’ सरकारले सहजीकरण गरेको अवस्थामा नेपालबाट वार्षिक करिब ४ अर्ब रुपैयाँको रिफर्बिस मोबाइल निकासीसमेत गर्न सकिने उनको दाबी छ ।

यसबाट नेपालको व्यापार घाटा घट्ने, विदेशी विनिमयदर जोगिने र स्मार्टफोनबाट उत्पन्न हुने विद्युतीय फोहोर नियन्त्रण हुने नेपाल दूरसञ्चार प्राधिकरणले निकालेको प्रतिवेदनमा उल्लेख छ । ‘एसेम्बली एण्ड रिफर्बिस अफ मोबाइल ह्याण्डसेट इन नेपाल’ प्रतिवेदनमा प्राधिकरणले यस्तो उल्लेख गरेको हो ।

प्रतिवेदन तयार पार्न गठित समितिका संयोजक मीनप्रसाद अर्यालले नेपालमा रिफर्बिस उद्योगको ठुलो सम्भावना देखिएको बताए । उनले सञ्चार, अर्थ, उद्योग/वाणिज्य र गृह मन्त्रालय र स्थानीय सरकार तथा व्यवसायीको संयुक्त प्रयासमा मोबाइल रिफर्बिस गर्ने उद्योग स्थापना र सञ्चालनको सम्भावना रहेको देखिएको बताए । गर्त आर्थिक वर्ष २०७७/७८ मा नेपालले विदेशबाट ३६ अर्ब रुपैयाँभन्दा बढीको ७० लाख सेट मोबाइल फोन आयात गरेको छ । यदि नेपालमा रिफर्बिस प्लान्ट स्थापना गर्न सकेमा यो दर घटाउन सकिनेमा व्यवसायी र प्राधिकरण एकमत छन् ।

रिफर्बिस के हो ?
मोबाइल रिफर्बिस भनेको एक पटक प्रयोग भइसकेको मोबाइललाई नवीकरण वा आवश्यक मर्मत गरेर फेरी प्रयोगमा ल्याउनु हो । ग्राहकले किनेको फोन सीमित अवधिपछि स्वतः बिग्रिन्छ । त्यसरी बिग्रेको फोनलाई व्यवसायीले ग्राहकबाट किनेर उद्योगमा लगेर त्यसका पार्टपुर्जा परिवर्तन गरेर पुनः प्रयोगयोग्य बनाउन मिल्छ । यसरी रिफर्बिस गर्दा सेवाग्राहीसँग व्यवसायीले सस्तो मूल्यमा किनेको मोबाइल फोनको मूल्यवृद्धि समेत हुन्छ । यसबाट मोबाइल फोनबाट उत्पत्ति हुने फोहोर नबढ्ने र पर्यावरण समेत नबिग्रिने प्राधिकरणको दाबी छ । यसका लागि दक्ष जनशक्ति र रिफर्बिस गर्ने युनिट नै आवश्यक पर्ने छ ।

रिफर्बिस किन ?
प्रत्येक वर्ष नयाँ मोबाइल फोनको आयात गर्दा नेपालबाट ठुलो मात्रामा विदेशी मुद्राको सञ्चिती प्रयोग हुन्छ । प्राधिकरणले नेपालजस्तो सीमित विदेशी मुद्रा सञ्चिती भएको मुलुकमा मोबाइल रिफर्बिस गर्नुपर्ने बताउँछ । नेपालमा एक पटक आयात भइसकेको मोबाइललाई पुनः एक पटक प्रयोगमा ल्याउँदा त्यसले नेपालको आयात समेत घटाउने प्राधिकरणको दाबी छ । यसैगरी, रिफर्बिसले विद्युतीय फोहोर घटाउनुका साथै सेवाग्राहीले सस्तो मूल्यमा नयाँ फोनको प्रयोग गर्न पाउने बताइएको छ । यसका लागि नेपालमा प्लान्ट खोल्नुपर्ने र त्यसका लागि श्रमिक चाहिने भएकाले रोजगारीसमेत वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।

रिफर्बिसको प्रक्रिया
प्राधिकरणले मोबाइल रिफर्बिसको प्रक्रिया समेत तयार पारेको छ । मोबाइल रिफर्बिसमा मूख्य गरी दुई वटा चरण हुने प्राधिकरणको भनाई छ । रिफर्बिसको पहिलो चरणमा मोबाइल व्यवसायीले सेवाग्राहीबाट बिग्रेका फोन सङ्कलन गर्नुपर्छ । यसपछि सङ्कलन भएका सबै बिग्रेका फोन रिफर्बिस हुने र नहुने छान्नु पर्छ । यो दोस्रो चरणको काम हो । यो चरणमा बजारबाट सङ्कलन भएका सबै फोनलाई प्रयोग गर्न नमिल्ने (डिफेक्टीभ), मर्मत (रिपेयर) गर्न मिल्ने र सामान्य गरी तीन भागमा छुट्याइन्छ ।

रिफर्बिसको चुनौती
नेपालमा मोबाइल रिफर्बिस सम्भावना भए पनि चुनौतीविहीन भने छैन । अहिले नेपालमा भ्याट बिल बिना सेवाग्राहीबाट व्यवसायीले फोन किन्न पाउँदैनन् । भ्याट बिल बिना किनेको मोबाइल फोनलाई चोरीको आरोप लाग्ने व्यवस्था छ । यसरी, भ्याट बिलसहित किनेमा मात्र चोरी नभएको प्रमाणित हुने कानुनले रिफर्बिसमा समस्या पार्ने व्यवसायी र प्राधिकरणको भनाइ छ ।

यसका साथै, सेवाग्राहीबाट फोन फिर्ता लिनका लागि झन्झटिलो प्रक्रिया राख्दा प्रयोगकर्ता आफ्नो बिग्रेको फोन बेच्न हतोत्साहित हुने व्यवसायी मलहोत्राले बताए । यस्तै, नेपालका ६५ प्रतिशत जनसङ्ख्याले मोबाइल प्रयोग गर्दै आएका छन् । यसलाई शतप्रतिशत मान्दा २५ प्रतिशत गरिबिको रेखामुनि र १० प्रतिशत १४ वर्ष मुनीका हुन आउँछन् । त्यसैले नेपालमा रिफर्बिस मोबाइलको बजार रहेको देखिएको छ ।

यद्यपि, दोहोरो भ्याटले गर्दा यसमा समस्या आउने मलहोत्राले बताए । उनले रिफर्बिस गरेर पुनः बिक्री वा निर्यातमा कर तिर्नुपर्ने र त्यही फोनलाई स्थानीय बजारमा बेच्दा फेरी कर तिर्नुपर्ने व्यवस्थाले पनि यो उद्योगको सम्भावनालाई कठिन बनाएको बताए । यसैगरी, रिफर्बिसका लागि चाहिने मोबाइलका पार्टपुर्जा आयात गर्दा लाग्ने भन्सार करले पनि यो उद्योग स्थापनाको सम्भावनामा समस्या आउने बताइन्छ ।

विदेशमा रिफर्बिस फोनको बजार
नेपालले परिकल्पना गरेजस्तै रिफर्बिस यसअघि देखि नै विदेशी मुलुकमा भइरहेको छ । युरोप, अमेरिका, अस्ट्रेलिया र भारत जस्ता मुलुकमा पहिले देखि नै रिफर्बिस भइरहेको प्राधिकरणले बताएको छ । यीमध्ये सबैभन्दा ठुलो बजार भारतमा देखिएको छ । यस्तै, युरोपियन मुलुकमा पनि यसको ठुलो बजार रहेको छ ।

भारत यति बेला विश्वकै ठुलो मोबाइल उत्पादक बन्ने दौडमा लागेको छ । सन् २०२५ सम्ममा मोबाइल फोन र इलेक्ट्रिक वस्तुको उत्पादन भारतमा ४० प्रतिशतसम्मले बढ्ने छ । विश्वमा रिफर्बिस मोबाइलको २५ अर्ब डलरको बजारमा भारतमा मात्रै ६ अर्ब डलरको रिफर्बिस मोबाइलको बजार छ ।

यसैगरी, भारतसहित युरोपमा पनि रिफर्बिस मोबाइलको प्रयोग बढ्दो मात्रामा छ । सन् २०१८ फ्रान्समा २ करोडभन्दा बढी मोबाइल फोन बिक्री हुँदा २० लाखभन्दा बढी रिफर्बिस फोन बिकेका थिए । यसैगरी, उत्तर अमेरिकामा पनि यसको ठुलो बजार रहेको अध्ययन प्रतिवेदनले देखाएको छ । यीमध्ये, ल्याटिन अमेरिकी, अफ्रिकी र भारतीय बजारमा नेपालमा रिफर्बिस गरिएको मोबाइल निर्यातको सम्भावना देखिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!