काठमाडौँ | सामान्यत मानिस विवाहपछि बच्चाका बारेमा सोच्ने गर्छन । तर, पछिल्ला दिनमा यो सोचमा परिवर्तन आएको छ । एउटा अध्ययनका अनुसार महिलाहरू अब विवाह पहिला नै आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् । यस्तो चाहना राख्ने महिलाको संख्यामा वृद्धि भइरहेको छ । जान्स हाँपकिन्स विश्वविद्यालयको समाज विज्ञानको अध्ययनअनुसार शिक्षित महिलामा एक ऐतिहासिक परिवर्तन आएको दाबी गरिएको छ । जुन ९० को दशकमा यस्तो थिएन ।
विश्वविद्यालयकोे सोसियोलोजिष्टि एन्ड्रयु शेर्लिनले भन्नुभएको छ, ‘डिग्री हासिल गरिरहेका महिला अब आफ्नो बच्चा जन्माएपछि मात्रै विवाह गर्न चाहन्छन्’, एन्ड्रयू भन्नुहुन्छ, ‘अब विवाहपछि बच्चाको चाहना कम भइरहेको छ, शिक्षित महिला पहिला बच्चा र पछि विवाह ।’ उहाँले कलेजमा अध्ययन गरिरहेका महिला जो यतिबेला ३० वर्षको उमेरमा छन् उनीहरू १८ देखि २७ प्रतिशत आफ्नो पहिलो बच्चाको जन्ममा विवाहित नभएको अध्ययनमा देखिएको बताउनुभएको छ । अब जीवनको पाटोमा विवाह गर्ने तरिकामा परिवर्तन आइरहेको उहाँले बताउनुभएको छ । यो अध्ययन प्रोसिडिंग्स अफ द नेशनल एकेडमी अफ साइन्समा प्रकाशित छ ।
अध्ययनका अनुसार अहिले २४.५ प्रतिशत महिला जो ३० वर्षका छन् र कलेज पढिरहेका छन् उनीहरूले विवाहपूर्व पहिलो बच्चा जन्माइसकेका छन् । उनीहरू प्रायः लिभइन सम्बन्धमा बसेका छन् । तर, एन्ड्रयुले यसलाई ‘सहचर्य’ (ऋयजबदष्तष्लन) भन्नुभएको छ । उहाँले यसलाई समाजमा आएको ठूलो परिवर्तन भन्नुभएको छ, ‘अमेरिकामा यो एक ठूलो परिवर्तन हो, यसको पछाडि के कारण छ, त्यो त थाहा छैन तर युवाहरूले विवाहको नियमलाई परिवर्तन गरिरहेका छन् ।
कलेजका शिक्षित वयस्क विवाहको महŒव र यसको परम्परागत नियमलाई लगातार परिवर्तन गरिरहेका छन् । हुनसक्छ यो समाजमा अब आउने नयाँ परिवर्तन हो ।’ उहाँले यसको पछाडि आर्थिक समस्या रहेको पनि हुनसक्ने बताउनुभएको छ । ‘विवाहका लागि या परिवारका लागि कर्जा र कमाईको बाटो समिति हुनुका कारण उनीहरूलाई परिवार बसाउन समय लाग्छ, त्यसैले अमेरिकामा सिंगल प्यारेन्टको कल्चर तीव्र रूपमा विकास भइरहेको छ । विवाह विनै वयस्क जोडिसँगै रहने संस्कृतिलाई अगाडि बढाइरहेका छन् ।’
प्रतिक्रिया लेख्नुहोस्:-