काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै म्यासेजिङ एप भाइबरले ‘भाइबर लेन्स’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार भर्चुअल कार्यक्रममार्फत आफ्ना नेपाली प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिन यो नयाँ फिचर ल्याएको हो । कम्पनीको प्रडक्ट डेभलपमेन्ट भीपी नादभ मेल्निकले स्न्यापच्याटसँगको सहकार्यमा यो नयाँ फिचर ल्याइएको जानकारी दिए ।
‘हामी प्रयोगकर्ताको व्यक्तिगत गोपनीयताको विषयलाई लिएर एकदमै गम्भीर छौँ,’ उनले भने, ‘त्यसैले प्रयोगकर्ताको कुनै पनि व्यक्तिगत जानकारी संकलन गर्दैनौं । ता कि प्रयोगकर्ताले स्वतन्त्र महसुस गर्दै म्यासेजिङ एप प्रयोग गर्न सकुन् ।’ भाइबरले स्थानीय बजार सुहाउँदो ‘लोकल लेन्स’ ल्याउने समेत जनाएको छ । जसमा स्थानीय परिवेश, रितिथिति र संस्कृतिसँग सम्बन्धित लेन्सहरू रहनेछन् । भाइबर लेन्सबाट भिडिओ तथा फोटो सञ्चार थप प्रभावकारी हुने कम्पनीको विश्वास छ ।
कसरी प्रयोग गर्ने ?
भाइबर लेन्स प्रयोग गर्न सुरुमा आफ्नो भाइबर एप खोल्नुहोस् र च्याटबक्समा जानुहोस् ।, अब तल रहेको क्यामेरा आइकनमा थिच्नुहोस् ।, त्यसमा तल दायाँतर्फ रहेको स्नापच्याट आइकनमा जानुहोस् ।, यति गरेसँगै सुरुमा तपाईंको भाइबर एपमा लेन्स डाउनलोड हुनेछ ।, त्यससँगै तपाईंले भाइबर लेन्स प्रयोग गरेर एआर फोटो तथा भिडिओ खिच्न र जीआईएफ तयार पार्न सक्नुहुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-