बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस निर्वाचन समिति संयोजक यादवले किन दिए राजीनामा ?

यादवलाई संस्थापनले ३०० वटा फाइलमा हस्ताक्षर गराएको थियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
भदौ २५, २०७८ ११;०९ बिहान प्रकाशित
कांग्रेस महाधिवेशन मंसिर ९–१३ मा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएपछि कांग्रेसको १४औँ महाधिवेशन के होला भन्ने प्रश्न उठेको छ । कांग्रेस संस्थापन पक्ष यादवको राजीनामा फिर्ताका लागि सक्दो प्रयास गरिरहेको छ । संस्थापन पक्षका नेताहरु रमेश लेखक र डा. प्रकाशशरण महत तथा मीन विश्वकर्माले राजीनामा फिर्ता गराउन प्रयास जारी राखेका छन् ।

यादवले भने आफू अराजनीतिक र अवैधानिक गतिविधिका लागि मतियार बन्न नसक्ने भन्दै राजीनामा फिर्ता नलिने अडान राखेको बताइएको छ । स्रोतका अनुसार संयोजक यादवलाई संस्थापनले ३०० वटा फाइलमा हस्ताक्षर गराएको थियो । देशभरका विभिन्न जिल्लामा पठाइएको ती फाइलका विषयमा निर्वाचन समितिमा समेत छलफल नहुँदै संस्थापनले हस्ताक्षर गराएपछि समितिभित्रै त्यसको प्रमाणीकरण कहाँबाट गर्नुभयो भन्दै प्रश्न उठाइएको थियो । त्यस क्रममा यादवले मुख्यसचिव र आफ्नो दुईजनाको हस्ताक्षर भएको भन्दै प्रमाण आवश्यक परे मुख्यसचिवले जुटाउने बताएका थिए ।

“तपाईं वरिष्ठ अधिवक्ता हो, इभिडेन्स बेसमा काम गर्नुहुन्छ होला, तपाईंसँग के इभिडेन्स छ भनेर हामीले सोधेका थियौँ,” निर्वाचन समितिका एक सदस्यले भने, “उहाँले मलाई डुबाउने काम भयो, म निर्वाचन समितिमा बस्दिनँ भन्नुभएको थियो ।” ती सदस्यले उनको सोझोपनको फाइदा संस्थापनले भरपुर उठाएको भन्दै ती विषय सार्वजकि भए उनीबाट अधिवेशन सम्पन्न हुन नसक्ने अवस्था निर्माण हुने बताएका थिए ।

“करिब ३०० हस्ताक्षर गरेको भन्ने कुरा आएको छ, कति सदस्य थपिएका हुन् भन्ने उहाँलाई नै थाहा छैन,” ती सदस्यले यादवको भनाइ उद्धृत गर्दै भने, “यस्तो अवस्था सार्वजनिक भयो भने तपाईंको छवि के होला भनेर प्रश्न गर्दा उहाँले मलाई नसिध्याउनुस् है, म कुनै लालचले यो समितिमा आएको होइन, पार्टीका लागि काम गर्दा राम्रै होला भन्ने थियो । तर, अवस्था फरक देख्दै छु ।” त्यसबाहेकका विषयमा पनि यादवका विमतिहरु कांग्रेस नेतृत्वसँग बढिरहेका थिए ।

महाधिवेशनको प्रक्रिया प्रारम्भ हुनै लाग्दा दलित जनजाति, मधेसीसहितका ‘क्लस्टर’को प्रतिनिधित्व निर्देशिका र अनुसूचीले प्रतिबन्धित गरिदिएको भन्दै विरोध सुरु भयो । विरोधपछि निर्देशिका सच्याउँदै दलित, आदिवासी, जनजातिसहितका क्लस्टरहरू समावेश गर्न निर्देशिका संशोधनको सूचना जारी भयो । तर, त्यसमा मधेसी शब्द नपरेका कारण उपत्यकाबाट समावेशी कोटामा प्रतिनिधित्व गर्दै आएका मधेसी समुदायले यादवसमक्ष विरोध जनाएका थिए । उपसभापति विमलेन्द्र निधिले विरोध जनाउँदै सभापति शेबहादुर देउवालाई पत्रसमेत लेखेका थिए । त्यसमा पनि संयोजक यादवको कांग्रेस नेतृत्वसँग मतभेद भएको स्रोतले बताएको छ ।

“विमितका बाबजुत उहाँले काम गर्दै आउनुभएको थियो, डडेलधुरामा त प्रक्रियासंगत सदस्यता काटेर नयाँ सदस्य सिफारिस गर्नुपरेपछि उहाँ असमञ्जस्य अवस्थामा हुनुहुन्थ्यो,” स्रोतले भन्यो, “त्यसपछि एकाएक उहाँको राजीनामाको खबर सार्वजनिक भयो ।”

पेसामा फर्कन बाधा खडा भएपछि राजीनामा : यादव
त्यसबारे जानकारी लिन खोज्दा संयोजक यादवले बोल्न चाहेनन् । “मैले राजीनामा दिनुको अरू कुनै कारण छैन, म आफ्नो पेसामा फर्कन बाधा खडा भएपछि राजीनामा दिएका हुुँ,” यादवले बाह्रखरीसँग भने, “मलाई यति धेरै समय दिनुपर्छ भन्ने लागेको थिएन । म यति धेरै समय यता दिएर पेसाबाट टाढा बस्न सक्दिनँ, त्यसैले राजीनामा दिएको हुँ ।” उनले पार्टीका विवादका विषयमा आफूलाई चासो नभएको र त्यसमा प्रवेश गर्न पनि नचाहने भन्दै विवादबाट उम्किएको संकेत गरे । यादवको राजीनामापछि कांग्रेसको जारी महाधिवेशन के हुन्छ भन्ने जवाफ कांग्रेसका कुनै नेताले दिन सकेका छैनन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!