वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । कन्काइस्ट राईको सङ्गीत र स्वर रहेको यस गीतमा क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतको छायांकन करण चौरसीयले गरेका छन् । भिडियो सम्पादन भने मनोज कार्कीले गरेका छन् । त्यस्तै यो भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।
देशप्रेम र सीमाको रक्षाका लागि सहास र बलिदानको भावभूमिमा रचिएको ‘नेपाल आमा’मा देशको पछिल्लो अवस्था देशप्रेम जगाउने खालको शब्दहरु समेटिएको तामाङले जानकारी दिए । गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहितआधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।
नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि, अर्काे हातमा कलम बोकेर सिर्जना गरिरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-