बैदेशिक पोष्ट
२०८२ फाल्गुन २४, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रक्सी र मासुमा नगरपालिकाको २५ लाख स्वाहा !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
भदौ २५, २०७८ १७;०९ मध्यान्ह प्रकाशित
रक्सी र मासुमा नगरपालिकाको २५ लाख स्वाहा !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जनकपुरधाम : धनुषाको एक नगरपालिकालाले मदिरा र मासुमा २५ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को एक वर्षमा मदिरामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ मनोमानी खर्च गरेको हो ।

उनले विविध खर्च शीर्षक देखाइ कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेकोमध्येबाट २४ लाख ९९ हजार ३५५ रुपैयाँ मदिरामै खर्चेका हुन् । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याइ हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । तर विदेह नगरपालिकाले खर्च गरेको रकमको विल पेश गरेपनि खर्च गर्नुपर्ने आधार स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ ।

विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख तथा कर्मचारीले कुपन काटेको आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने उल्लेख रहेकोमा कुनै नियमको पालना नगरिएको उल्लेख छ ।

नगरपालिका शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५, होटल फुलवारीलाई १२ लाख ८२ हजार २ सय १५, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ र भुक्तानी गरेको देखिएको छ । नगरपालिकाले इन्धनमा दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३८९ रुपैयाँ खर्च गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने प्रावधान छ। तर सरकारी सवारी सरकारी काममा मात्र प्रयोग गर्नुपर्नेमा अनाधिकृत व्यक्तिले प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ । विदेह नगरपालिकाका नगरप्रमुख बेचन दास र प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीबाट कुपन काटी कतिपय कुपनमा गाडी नम्बर समेत उल्लेख नगरी मापदण्ड विपरीत रकम खर्चिएको उल्लेख छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐनमा पदाधिकारीहरुको लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था छैन । तर नगरपालिकाले उल्लेखित नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा करारमा भर्ना गरी १३ लाख ९७ हजार ५८० रुपैयाँ खर्च गरेको उल्लेख छ। कानुनमा उल्लेखित सुविधाबाहेक सल्लाहकार तथा सहायक कर्मचारी नियुक्ति गरी खर्च गरेको नियम संगत नदेखिएको महालेखाको ठहर छ ।

त्यस्तै कार्यालय सहायक चन्देश्वर नेपालीलाई वर्षभरी दैनिक ९ सयका दरले २१३ दिनको तलव बराबर २ लाख ८१ हजार ७ सय, कार्यालय सहायक बबिना शर्मालाई मासिक १६ हजारका दरले १ लाख ९२ हजार, सुरक्षा गार्ड सत्यनारायण मण्डललाई मासिक १६ हजारका दरले १ लाख ९२ हजार र कानुनी सल्लाहकार सुबोधकुमार मण्डललाई मासिक ३५ हजार ९९० को दरले ४ लाख ३१ हजार ८८० रुपैयाँ भुक्तानी गरेको पाइएको छ । जुन नियमविपरित काम गरिएको जनाइएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३(६) बमोजिम प्रमुख प्रशासकिय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा मितव्ययिता कायम गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने व्यवस्था रहेपनि कानुनी सल्लाहकार राखी अनावश्यक खर्चिएको पाइएको छ । अदालतमा कानुनी बहस, मुद्दाको जवाफ पेश लगायतमा कार्यको भनी कानुन व्यवसायीहरुलाई ६ लाख ८१ हजार ४८० रुपैयाँ भुक्तानी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!