बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमसिसीमा सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
भदौ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
एमसिसीमा सकारात्मक निर्णय हुनेमा सुमार आशावादी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्। उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरिन्। स्रोतका अनुसार भेटमा उनले आफू नेपालमा एमसिसीका पक्षमा दबाब सिर्जना गर्न नभई यसको अवस्था बुझ्न आएको र नेपालले सकारात्मक निर्णय गर्नेमा आशावादी रहेको बताएकी छन्।

सुमारसँगको भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक परिवर्तनमा यसको महत्वबारे छलफल भएको जानकारी देउवाले दिएका छन्। भेटमा नेपाल–अमेरिका सहयोगका अन्य विविध विषयमा पनि छलफल भएको जनाइएको छ। सन् २०१७ मा आफ्नै प्रधानमन्त्रित्वकालमा सम्झौता भएको एमसिसीलाई कार्यान्वयन तहमा अघि बढाउन देउवा प्रतिबद्ध छन्। तर सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सबैसँगको सहमति र सम्झौता संंशोधन गरेरमात्र एमसिसी कार्यान्वयन तहमा अघि बढाउनुपर्ने अडान राखेका कारण देउवाको मात्र चाहनाले यो संसद्बारा पारित हुने अवस्था छैन।

एमसिसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटिन्। भेटमा अध्यक्ष दाहालले एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएरमात्र अगाडि बढ्न सकिने बताए। दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

दाहालले अग्रगमनकारी वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउनु अहिलेको प्रमुख प्राथमिकता रहेकोसमेत बताएका थिए। सत्तारुढ गठबन्धनबीच पनि एमसिसीबारे साझा धारणा बनाएर अघि बढ्ने समझदारी भएको दाहाल निकट स्रोतले जानकारी दियो। एमसिसीलाई अघि सारेर गठबन्धन भत्काउने प्रयास भइरहेको र त्यसमा सचेत हुँदै साझा धारणा बनाउने समझदारी भएको जनाइएको छ। भेटमा सुमारले आफू नेपालमा कुनै दबाब दिन नभई एमसिसीको अवस्था बुझ्न आएको बताएकी थिइन्।

सुमारले ऊर्जामन्त्री भुसाललाई उनकै मन्त्रालयमा भेटेर एमसिसी कार्यान्वयनका विषयमा कुराकानी गरेकी हुन्। मुख्यगरी परियोजनाको लक्ष्य विद्युत् प्रसारण लाइन निर्माण भएकाले उनले उर्जामन्त्रीलाई भेटेर कुराकानी गरेकी हुन्। सुमारले परियोजना कार्यान्वयनमा सहयोग गर्न मन्त्री भुसालसँग आग्रह गरेकी थिइन्। मन्त्री भुसालले यस विषयमा राजनीतिक सहमति र जनचाहनाअनुसार अघि बढ्ने बताएकी थिइन्।

सुमारले बिहीबार काठमाडौं आएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपाल र जनता समाजवादी पार्टीका शीर्ष नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेट गरेकी थिइन्। प्रधानमन्त्रीसहितका नेतासँगको भेटमा सुमारले नेपालले एमसिसीबारे सकारात्मक निर्णय गर्नेमा आफू आशावादी रहेको बताएकी छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!