बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमसीसीको विरोध वीरगञ्जबाट काठमाडौँ आएका भाग्यनाथ गुप्ता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
भदौ २६, २०७८ ०८;०६ बिहान प्रकाशित
एमसीसीको विरोध वीरगञ्जबाट काठमाडौँ आएका भाग्यनाथ गुप्ता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौंमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को चर्चा हुँदा वीरगञ्जमा रहेका ६७ वर्षीय भाग्यनाथ गुप्तालाई छटपटी भयो । उनी केही साथीहरुलाई लिएर भदौ १७ गते साँझ वीरगञ्जबाट बस चढेर त्यसको भोलिपल्ट काठमाडौं आइपुगे । उनीसहित १३ जना काठमाडौं आएका थिए । तीमध्ये केही कोटेश्वरका गेस्ट हाउसमा बसे भने केही भक्तपुरको नयाँ ठिमीतिर गएर बसे । एमसीसीको विरोध गर्न भाग्यनाथ गुप्ताले वीरगञ्जबाटै ब्यानर, झण्डाहरु ल्याएका थिए । काठमाडौं ओर्लिने बित्तिकै कुनै ठाउँमा उभिएर एमसीसीको विरोध गरिहालौं भन्ने उनलाई लागिसकेको थियो । तर कहाँ गर्ने ? माइतीघर वा रत्नपार्कमा प्रदर्शन गर्ने उनको चाहना थियो । कसरी विरोध प्रदर्शन गर्ने भन्नेमा उनी बिहानैदेखि तयारीमा लागेका थिए ।

आफूसँग वीरगञ्जबाट आएका साथीका अतिरिक्त काठमाडौंमा पनि केही विद्यार्थी तथा श्रमिकहरुलाई समेट्ने उनको तयारी थियो । गाडीबाट ओर्लने बित्तिकै उनी आफूले चिनेजानेकासँग सम्पर्क गर्न थाले । सामाजिक सञ्जालबाट पनि उनले सम्पर्क स्थापित गरे । त्यतिकैमा एउटा भिडियोमाथि उनको नजर गयो । त्यो भिडियोमा केहीले एमसीसीको चर्को विरोध गरिरहेका थिए । भाग्यनाथ गुप्ताले जे उद्देश्यका लागि काठमाडौं आएका थिए, उक्त भिडियोमा त्यही काम भइरहेको उनले देखे । यी मान्छेहरुको सहयोग भयो भने काठमाडौंमा कार्यक्रम गर्न निकै सजिलो हुने भन्दै उनले भिडियोमा लेखिएको इमेल एड्रेसमा इमेल सन्देश पठाए । तर उनले कुनै जवाफ पाउन सकेनन् । अनि उनले त्यहाँ लेखिएको फोन नम्बरमा कल गरे ।

उनले आफूहरु एमसीसीको विरोध गर्न मधेसबाट काठमाडौं आएको, विरोध कार्यक्रमका लागि आफूलाई सहयोग चाहिएको प्रस्ताव गरे । मधेसबाट आएको थाहा पाएपछि फोनमा कुरा गर्ने ती व्यक्ति तुरुन्तै भाग्यनाथ गुप्ता भएको ठाउँमा आइपुगे । उनका अनुसार न्यौपाने थरका युवा उनलाई भेट्न आएका थिए ।
उहाँहरुले पनि कोटेश्वरमै एमसीसीको विरोधमा कार्यक्रम गर्ने तयारी गरिरहनु भएको रहेछ,’ भाग्यनाथ गुप्ताले भने, ‘हामीलाई कोटेश्वरमै कार्यक्रम गर्न उहाँले भन्नुभयो, हाम्रै ब्यानर र झण्डामा कार्यक्रम गर्ने भन्नुभयो, हाम्रो लागि योभन्दा खुशीको कुरा के हुन्छ ? हामीले ओके भन्यौं ।’

कोटेश्वरको अकाशेपुल नजिक कार्यक्रमको तयारी थियो । ‘मान्छेसहित उहाँहरुले मञ्च उपलब्ध गराइदिएपछि हामीले वीरगञ्जबाट ल्याएको ब्यानर र झण्डा झुण्ड्यायौं र एमसीसीको विरुद्धमा कार्यक्रम सम्पन्न ग¥यौं ।’

को हुन् भाग्यनाथ गुप्ता ?
भाग्यनाथ गुप्ता त्यही व्यक्ति हुन् जसले पहिलो मधेस आन्दोलनको नेतृत्व गरेका थिए । उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको आन्दोलनको केन्द्रीय संयोजक थिए भाग्यनाथ गुप्ता । पहिलो मधेस आन्दोलनका क्रममा भाग्यनाथ गुप्तालाई सोध्दै नसोधी उपेन्द्र यादवले २२ बुँदे सम्झौता गरेपछि उनी त्यहाँबाट अलग भएर मधेसी जनअधिकार फोरम (मधेस) गठन गरेका थिए ।

त्यतिबेला भाग्यनाथ गुप्तालाई रामकुमार शर्मा (हाल माओवादी केन्द्र), जितेन्द्र सोनल (हाल लोसपा), किशोर विश्वाश, केशव झा (हाल लोसपा), सुरेश मण्डल (हाल जसपा) लगायतले साथ दिए । विस्तारै उनीहरु भाग्यनाथ गुप्ताको साथ छाडेर महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तमलोपामा गएका थिए । उनीहरुले साथ छाडे पनि भाग्यनाथ गुप्ताले मधेसमा संघर्ष छाडेनन् । फोरम (मधेस) लिएर उनी मधेसमा निरन्तर संघर्ष गर्दै आएका छन् । एमसीसीको विषयमा मधेसवादी दल मौन रहेको बेला भाग्यनाथ गुप्ता मधेसबाट काठमाडौंमा आएर विरोध प्रदर्शन गरे ।

फोरम (मधेस) का ८५ वर्षीय उपाध्यक्ष जयकरण प्रसाद यादव, ५३ वर्षीय कोषाध्यक्ष मोहन प्रसाद यादवका साथमा सुन्धाराको एक होटलमा भेटिएका भाग्यनाथ गुप्ताले भने, ‘एमसीसी सम्झौतालाई अध्ययन गर्दा मन दुखेर आयो, देश बचाउनु पर्छ भनेर यो उमेरमा पनि हामीमा ऊर्जा बढ्यो, अनि हत्तपत्त हामी नाइट बस चढेर काठमाडौं आइपुग्यौं र विरोध ग¥यौं ।’

यो देश आफूहरुको पनि रहेको भन्दै उनले देशले आफूहरुलाई जति विभेद गरे पनि परिआएको बेला देशका लागि ज्यान दिन तयार छौं भन्ने सन्देश दिनका लागि पनि आफुहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको उनको भनाइ छ ।

सत्ताका वरिपरि घुमिरहेका मधेसवादी दलहरु एमसीसीको विरोधमा बोल्दा कोही रिसाउँछ कि भनेर मौन रहेको उनले बताए । ‘तर हामी वीरगञ्जबाट आएर एमसीसीको विरोधमा मधेसको प्रतिनिधित्व ग–यौँ, यसमा हामीलाई गर्व छ,’ उनले भने, ‘एमसीसी पारित भयो भने हिमाल र पहाडमात्र बर्बाद हुँदैन, मधेस पनि बर्बाद हुन्छ । त्यही भएर काठमाडौैं आएर मधेस बोलेको हो, एमसीसी हामीलाई चाहिँदैन ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!