बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
भदौ २६, २०७८ १०;२३ बिहान प्रकाशित
सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | धनुषाको एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेको मध्येबाट २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ मदिरामै खर्चेको हो । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । तर विदेह नगरपालिकाले खर्च गरेको रकमको बिल पेस गरे पनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न सकेको छैन । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख बेचन दास तथा कर्मचारीले कुपन काटेको आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

​नगरप्रमुख दासले एक वर्षमा स्थानीय होटल फुलवारीलाई १२ लाख ८२ हजार २१५ रुपैयाँ, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ रुपैयाँ र शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५ रुपैयाँ भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकाले इन्धनमा दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३ सय ८९ रुपैयाँ खर्चेको छ । सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था रहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी नगर प्रमुख तथा कर्मचारीबाट कुपन काटी कतिपय कुपनमा गाडी नम्बर समेत उल्लेख नगरी मापदण्ड विपरीत सो रकम खर्च गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐनमा पदाधिकारीहरूको लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी कर्मचारी, नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा करारमा भर्ना गरी १३ लाख ९७ हजार ५८० रुपैयाँ खर्च गरेको पाइएको छ । विदेह नगरपालिकाले प्रेस सल्लाहकारको नाममा २०७६ साउनदेखि चैतसम्ममा मासिक ३० हजार रुपैयाँका दरले तलबबापत २ लाख ७० हजार रुपैयाँ र चाडपर्व खर्चबापत ३० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, कार्यालय सहायकको नाममा वर्षभरी दैनिक ९ सयका दरले २१३ दिनको तलब बराबर २ लाख ८१ हजार ७०० रुपैयाँ, कार्यालय सहायक बबिना शर्मालाई मासिक १६ हजारका दरले १ लाख ९२ हजार रुपैयाँ, सुरक्षा गार्डको नाममा मासिक १६ हजार रुपैयाँका दरले १ लाख ९२ हजार रुपैयाँ र कानुनी सल्लाहकारको नाममा मासिक ३५ हजार ९९० रुपैयाँको दरले ४ लाख ३१ हजार ८८० रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३(६) बमोजिम प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा मितव्ययिता कायम गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ । नगरप्रमुख दासले जनकपुरधाम उपमहानगरपालिकामा २०७५ पुस १ देखि लक्ष्मीदेवी महतोसँग सम्झौता गरी घरभाडामा लिई मासिक १७ हजार रुपैयाँका दरले भुक्तानी गरेको पाइएको छ । नगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिर गई घरभाडामा लिई साउनदेखि वैशाखसम्म १ लाख ७० हजार रुपैयाँ र पानी बिजुली बापत ३३ हजार ६९५ रुपैयाँ भुक्तानी गरेको पाइएको छ । घरभाडाको सम्झौतामा प्रयोजनसमेत नखुलाइएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी नगर प्रमुख दासले आफ्नो घरमा प्रयोग गरिरहेका लाखौं मूल्य बराबरका सामग्रीहरु समेत राज्यकोषको ढुकुटीबाट खरिद गरेको पाइएको छ । नगरप्रमुख दासले वासिङ मेसिन, बक्स पलङ, लो बेड, एसी, फ्रिज लगायतका आवासीय प्रयोजनका सामग्रीहरु नगरपालिकाकै पैसाबाट खरिद गरी १५ लाख २८ हजार रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन, २०७७ को दफा ३(१) मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमको रकम नबढ्ने र दोहोरो नपर्ने गरी सुविधा पाउने व्यवस्था रहे पनि उनले ती सबै नियम कानुनलाई मिच्दै आफूखुशी घरायसी प्रयोजनका सामग्रीहरु नगरपालिकाकै खर्चबाट खरिद गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!