मुम्बई:= बलिउड अभिनेता शाहरूख खानलाई पहिलोपटक बेवसिरिजमा देख्न पाइने भएको छ । ठूलोपर्दाबाट करोडौं दर्शकको मन जित्नुभएका शाहरूख अब डिजिटल प्लेटफर्ममा आउन लाग्नुभएको हो । पछिल्लोपटक सन् २०१८ मा चलचित्रको पर्दामा देखिनुभएका शाहरूख अब कहिले ठूलो पर्दामा आउने निश्चित छैन । तर, अब डिजिटल प्लेटफर्ममा भने चाँडै देख्न पाइने बताइएको छ । उहाँ डिज्नी प्लस हटस्टारका लागि विज्ञापन अभियानमार्फत डिजिटल प्लेटफर्ममा देखिन लाग्नुभएको हो ।
यो विज्ञापन पहिलोपटक निर्देशक करण जौहरले शेयर गर्नुभएको थियो । करणले लेख्नुभएको छ, ‘बलिउडका बादशाह पनि फोमोमा देखिन्छन् भन्ने कहिले सोचेकै थिइनँ । अब मैले सबै देखिसकेँ ।’ करणको ट्विटलाई रिट्विट गर्दै शाहरूख आफैंले लेख्नुभएको छ, ‘पिक्चर अझै बाँकी छ मेरा साथीहरू…।’ भारतीय सञ्चारमाध्यमका अनुसार उहाँले डिज्नी प्लस हटष्टारसँगै एउटा वेब सिरिजका लागि सम्झौता गरिसक्नुभएको छ । वेब सिरिजबारे थप कुनै जानकारी भने दिइएको छैन् ।
प्रतिक्रिया लेख्नुहोस्:-