कमेडियन कृष्णा अभिषेकले आफ्ना मामा गोविन्दा र माइजु सुनितासँग माफी मागेका छन् । विगत ३ बर्षदेखि कृष्णाको परिवार र गोविन्दाको परिवारविच शितयुद्ध चलिरहेको छ ।
सन् २०१८ मा कृष्णाकी श्रीमती कश्मीरा शाहले एक ट्विट गर्दै केही मानिसहरु पैसाको लागि नाच्ने गरेको आरोप लगाएकी थिइन् । कश्मीराको ट्विट गोविन्दाप्रति लक्षित रहेको भन्दै सुनिताले कृष्णा र कश्मीरासँगको सबै सम्बन्ध सकिएको बताएकी थिइन् । सन् २०१९ मा जब सुनिता र गोविन्दा ‘द कपिल शर्मा शो’मा पुगेका थिए, सो समय उनीहरुले कृष्णासँग स्टेज शेयर गर्न अस्विकार गरेका थिए । कृष्णाले केही हप्ता अगाडि ‘द कपिल शर्मा शो’मा पुगेका गोविन्दा र सुनितासँग स्टेज शेयर गर्न अस्विकार गरे । यसपछि, सुनिताले कृष्णाको अनुहार पनि हेर्न नचाहेको बताएकी थिइन् ।
सुनिताको यो भनाई सार्वजनिक भएसँगै कृष्णाले उनीहरुसँग माफी मागेका छन् । हालैमात्र, एक मिडियामा अन्तरवार्ता दिदै कृष्णाले भनेका छन्–‘मलाई थाहा छ कि, मेरी माइजुले मेरो बिषयमा धेरै कुरा बोल्नुभएको छ । सुनेर मलाई दुःख लाग्यो । तर, मलाई लाग्छ कि उहाँहरु मसँग रिसाउनुभएको छ । किनकी, मलाई उहाँहरुले निक्कै माया गर्नुहुन्छ । जसले तपाइलाई सबैभन्दा धेरै प्रेम गर्छ उसैले नै अनुहार हेर्न नै चाहन्न जस्ता कुरा गर्छ । यस्तो शब्दहरु माता–पिताले मात्र बोल्न सक्छन् । गोविन्दा र सुनिता मेरो लागि माता–पिता जस्तै हुनुहुन्छ ।’
कृष्णले अगाडि भनेका छन्–‘म मामा र माइजुलाई निक्कै माया गर्छु । म उहाँहरुसँग माफी माग्न चाहन्छु । मैले कैयौं पटक माफी माग्ने कोशिश पनि गरेको थिएँ । तर, उहाँहरुले मलाई किन माफी दिन चाहनुभएको छैन, मलाई पनि थाहा छैन । मैले कैयौं पटक माफी माग्दा पनि हाम्रो सम्बन्ध सुध्रिएको छैन । म मामा र माइजुलाई निक्कै प्रेम गर्छु । मलाई यो दुश्मनीले दिक्क बनाउँछु । म भित्रैबाट दुःखी छु ।’
प्रतिक्रिया लेख्नुहोस्:-