बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चीनले आफूविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियाको गुटबन्दीको समाधान यसरी निकाल्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज १, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
चीनले आफूविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियाको गुटबन्दीको समाधान यसरी निकाल्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। चीनले एसिया प्रशान्त क्षेत्रमा आफ्नो स्थितिलाई अझै बलियो बनाउने दिशामा एसिया प्रशान्त व्यापार सम्झौतामा सहभागी हुन आवेदन दिएको छ । चीनले यो कदम त्यतिबेला उठाएको छ जतिबेला एक दिन अघिमात्र यस क्षेत्रमा ऐतिहासिक सुरक्षा सम्झौतालाई अमेरिका, बेलायत र अस्ट्रेलियाले अनुमति दिइसकेका छन् । अक्स नामबाट चिनिएको यो सम्झौतापछाडि अमेरिकाको उद्देश्य यस क्षेत्रमा चीनको दबदबालाई कम गर्नु बताइएको छ ।

चीन जुन सम्झौतामा सहभागी हुन चाहिरहेको छ त्यो सम्झौता अमेरिकाले नै चीनको दबदबा अन्त्य गर्न कम्प्रिहेन्सिभ एण्ड प्रोग्रेसिभ एग्रिमेन्ट फर ट्रान्स प्यासिफिक पार्टनरसिप (सीपीटीपीपी) नामबाट सुरु गरेको थियो । तर, २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सम्झौताबाट बाहिरिएका थिए । चीनका वाणिज्य मन्त्री वांग वेन्टाओले विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाले मुक्त व्यापार सम्झौताका लागि न्यूजिल्याण्डका व्यापार मन्त्री डेमियन ओकोनोरसमक्ष निवेदन दिएको बताएका छन् ।

न्यूजिल्याण्डले यो सम्झौताको प्रशासनिक केन्द्रको रुपमा काम गर्छ । चीनको वाणिज्य मन्त्रालयका अनुसार चीनको आवेदनपछि वांग र ओकोनोरले टेलिफोनमा अबको कदमका विषयमा चर्चा गरेका छन् । वास्तविक ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) लाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अगाडि बढाएका थिए जसको उद्देश्य चीनको एसिया प्रशान्त षेत्रमा बढ्दो दबदबाविरुद्ध एक आर्थिक गुट गडा गर्नु थियो ।

पछि ट्रम्पले अमेरिकालाई यो सम्झौताबाट अलग्याएका थिए र जापानको नेतृत्वपछि यो सम्झौताले सीपीटीपीपीको रुप लिएको थियो । २०१८ मा यो सम्झौतामा ११ देशले हस्ताक्षर गरेका थिए जसमा हस्ट्रेलिया, क्यानडा, चिली, जापान, न्यूजिल्याण्ड लगायत देश छन् । जूनमा बेलायतले सीपीटीपीपीमा सहभागी हुनको लागि औपचारिक छलफल सुरु गरेको थियो । थाइल्याण्डले पनि यो सम्झौतामा सहभागी हुन रुची राख्ने संकेत दिएको थियो ।

सीपीटीपीपी चीनको लागि निकै महत्वपूर्ण साबित हुन सक्छ र खासगरी त्यो बेलामा जब उसले गत वर्ष नोभेम्बरमा १४ देशहरुसँग एउटा अलग्गै मुक्त व्यापार सम्झौता गरेको छ जसलाई रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप (आरसीइपी) भनिन्छ । आरसीइपी विश्वको सबैभन्दा ठूलो व्यापारिक गुट हो जसमा दक्षिण कोरिया, चीन, जापान, अस्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देश सहभागी छन् ।

चीनले सीपीटीपीपीमा सहभागी हुने आधिकारिक घोषणा त्यतिबेला गरेको छ जतिबेला बेलायत, अमेरिका र अस्ट्रेलियाले एक दिन पहिले मात्र एक ऐतिहासिक सुरक्षा सम्झौताबारे बताएका थिए । यो सम्झौताले पहिलो पटक अस्ट्रेलियालाई परमाणु क्षमतासहितका पनडुब्बी बनाउने अनुमति दिनेछ जसको प्रविधि उसलाई अमेरिका र बेलायतले उपलब्ध गराउनेछन् ।

विश्लेषकहरुका अनुसार यो सम्झौता अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधि पनि आउनेछन् र यो कैयौं दशकमा अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्झौता हो । चीनले अक्सको निन्दा गर्दै यसलाई ‘निकै गैरजिम्मेवारीपूर्ण’ र ‘संकीर्ण सोचयुक्त’ भनेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले भनेका छन् कि यो गठबन्धनले ‘क्षेत्रीय शान्तिलाई गम्भीर नोक्सानी गर्नेछ र हतियारको दौडलाई बढाउनेछ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!