बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यस्ता छन् पब्जी खेलेर धेरै कमाउने नेपाली टिम

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज ३, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
यस्ता छन् पब्जी खेलेर धेरै कमाउने नेपाली टिम
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । ई-गेमिङलाई मनोरञ्जनको रुपमा मात्रै हेर्ने गरिएको भए पनि पछिल्लो समय यस्ता गेमहरु व्यक्तिगत र व्यवसायिक रुपमा आम्दानीको स्रोतको रुपमा विकास हुँदै छ । कानूनी रुपमा दर्ता भएर व्यवसायिक रुपमा ई-गेमिङमा संलग्न हुनेको संख्या कम भए पनि व्यक्तिगत र सामूहिक रुपमा गेम खेलेर आय गर्नेको संख्या बढिरहेको छ ।

ई-स्पोर्टस अन्तर्गत थुप्रै गेम छन् । यद्यपि धेरै आम्दानी गर्नेहरुमा पब्जी खेला‍डीहरु नै अगाडि रहेको जानकारहरु बताउँछन् । यसका साथै नेपालमा फ्रि-फायर, डोटा टू, डोटा रिलोडेड लगायत गेमका व्यावसायिक खेलाडीहरू छन् । यहाँ हामी नेपालमा पब्जी खेलेर सबैभन्दा बढी कमाई गर्ने टिमबारे जानकारी दिँदै छाैं ।

डीआरएस गेमिङ
नेपालमा ई-स्पोर्टसमा सबैभन्दा धेरै कमाउने टिम पब्जी मोबाइलको द रियल सोल्जर्स (डीआरएस) गेमिङ हो । टिममा इन गेम लिडर माफिया निन्जा अर्थात उगेन लामा, तीन जना एसल्टर एजे अर्थात अजय श्रेष्ठ, निमा तामाङ र मिस्टर बोरो अर्थात अन्जन राई सहित इन्ट्री फ्रयागर पेम्बा ग्याल्जेन लामा छन् । टिमले नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियाेगितामा हरूमा नेपाललाई प्रतिनिधित्व गरिसकेको छ ।

सन् २०२० देखि टिमको रुपमा खेल्न सुरु गरेको यो टिमले हालसम्म विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय खेल मार्फत कूल ८३,८०६ अमेरिकी डलर अर्थात ९८ लाख ८९ हजार १०८ रुपैयाँ कमाइसकेको छ ।

आजसम्म खेलेका विभिन्न खेलहमध्ये यो टिमले पाँच ओटा खेलमा पहिलो स्थान हात पारेका छन् । टिमले ओपीएस ब्याटल सो, पब्जी मोबाइल प्रो लिग-सिजन थ्री, २०२१: साउथ एसिया फाइनल्स, पब्जी मोबाइल अल्टिमेट च्यालेन्ज सिजन थ्री, पब्जी मोबाइल नेपाल डाउन र पब्जी मोबाइल क्लब ओपनर- फल स्प्लिट २०२०: साउथ एसियामा पहिलो स्थान हात पारेको हो । टिमले हालसम्म ३० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

डेडआईज गाइज
डीआरएसपछि सर्वाधिक पैसा कमाउने पब्जी टिम ‘डेडआइज गाइज’ हो । यस टिममा हाल इन गेम लिडर ‘सिफु’ अर्थात अल्बर्ट पागंमीसहित दुईजना सपोर्ट प्लेयर ‘इलुजन’ सिर्जन थापा, ‘सुमित वाईटी’ सुमीत गेलाल र दुईजना फ्रयागर ‘रेटेड’ रमेश टाशी गुरुङ र ‘फ्रयागबोइ’ विजय गुरुङ छन् ।

सन् २०१९ देखि सुरु भएको यो टिमले हालसम्म करिब ५३ लाख रुपैयाँ कमाइसकेको छ । टिमले आजसम्म तीन अन्तर्राष्ट्रिय गेम पब्जी मोबाइल ग्लेडियटर्स क्लोसियम शोडाउन, पब्जी मोबाइल प्रो लिग-फल स्प्लिट २०२०: साउथ एसिया लिग र पिएपिएल-फल स्प्लिट २०२०: साउथ एसिया सक्रिमसमा पहिलो स्थान हात पारिसकेको छ । टिमले हालसम्म ३५ वटा प्रतियाेगितामा सहभागी भइसकेको छ ।

इलिमेन्ट्रिक्स
पब्जीमार्फत् नेपालमा सर्वाधिक कमाउने टिममध्ये इलिमेन्ट्रिक्स पनि एक हो । असल्टर साथै इन गेम लिडर ‘मिस्टर ह्योजु’ अर्थात सफल ह्योजु लगायत टिममा सहायक इन गेम लिडर र असल्टर ‘लिक्विड’ अर्थात मनोज लामा, इन्ट्री फ्रयागर ‘इन्सेप्सन’ अर्थात अनिमेष थापा, दुई असल्टर ‘सुस’ अर्थात सुशान्त शाह र ‘अरेन्ज’ अर्थात मन्जिल श्रेष्ठ साथै सपोर्ट प्लेयर ‘पाइरेट’ अर्थात अभिषेक चाम्लिङ राई छन् ।

टिमले हालसम्म ३८ हजार ७ सय ५१ अमेरिकी डलर अर्थात ४१ लाख ८५ हजार १०८ रुपैयाँ कमाइसकेको छ । सन् २०१८ देखि खेल्न सुरु गरेको टिमले आजसम्म ४० खेल खेलिसकेको छ । टिमले आजसम्म कुनै पनि खेलमा पहिलो स्थान भने पाएको छैन ।

ज्यानमारा
नेपालमा सर्वाधिक कमाई गर्ने अर्को पब्जी टिम हो ज्यानमारा । सन् २०१९ देखि सुरु भएको यो टिममा ईनगेम लिडर प्रशान्त शाहसहित नौ खेलाडी छन् । टिममा इन्ट्री फ्रयागर ‘गनर’ आङ छिरिङ तामाङ, सपोर्ट प्लेयर समीर लिम्बु, स्नाइपर ‘जिरोफियर’ जोन तामाङ, असल्टर ‘वाङ’ अर्थात विशाल तामाङ, इन्ट्री फ्रयागर ‘गेनजिस’ अर्थात युविन लिम्बु, असल्टरहरू ‘सोनिम’ आशिक लिम्बु, ‘स्नाइप वाईटी’ यमन श्रेष्ठ लगायत अन्य तीन खेलाडी छन् । हालसम्म २६ गेम खेलिसकेको यो टिमले कुनै पनि गेममा पहिलो स्थान भने हात पारिसकेको छैन । टिमले आजसम्म २० हजार ५ सय ७० डलर अर्थात २४ लाख २७ हजार रुपैयाँ कमाइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!