जापानको गिफु प्रान्त केन्द्र भएर आईतबार साँझ भूकम्प गएको छ । जापानको मौसम एजेन्सीका अनुसार भूकम्पको कम्पन ५ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको कम्पन गिफु प्रान्त सहित, नागानो, तोयामा, गुन्मा लगायत क्षेत्रमा महसुस गरिएको मौसम एजेन्सीले बताएको छ । भूकम्पबाट कुनैपनि मानविय तथा भौतिक क्षतिको विवरण नआएको र सुनामी लगायत कुनैपनि प्राकृतिक विपदको जोखिम नरहेको समेत मौसम एजेन्सीले उल्लेख गरेको छ ।
समान स्तरको भूकम्पको पराकम्पन आउनसक्ने भएकाले सजकता अपनाउन भने आग्रह गरिएको छ । भूकम्प आईतबार साँझ ५ बजेर १७ मिनेटमा गएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-