बैदेशिक पोष्ट
२०८२ फाल्गुन २१, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियाको बन्द सिमानाले विछोडिन पुगेका जोडी र परिवारहरुको व्यथा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज ३, २०७८ १७;१९ मध्यान्ह प्रकाशित
अष्ट्रेलियाको बन्द सिमानाले विछोडिन पुगेका जोडी र परिवारहरुको व्यथा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना बन्द गराएको १८ महिना भइसकेको छ । कोभिड–१९ नियन्त्रण गर्न अष्ट्रेलियाले यसैलाई मुख्य उपायका रुपमा अपनाउँदै आएको छ । एक वर्षदेखि प्रधानमन्त्री स्कट मरिसनको मन्त्र नै ‘अष्ट्रेलियनहरुको जीवनलाई लिएर म कुनै जोखिम मोल्दिन’ भन्ने रहेको थियो ।

र धेरै हिसाबमा यो नीतिले काम पनि गरेको देख्न सकिन्छ । सिड्नी र मेल्बर्नमा नयाँ संक्रमितहरु बढिरहे पनि महामारी सुरु भएदेखि त्यहाँ कोभिडले मृत्यु हुनेको सङ्ख्या १,१०० भन्दा केही बढी मात्र रहेको छ । विश्वव्यापी रुपमा केबल तीस राष्ट्रमा मात्र कोभिड मृत्युदर यति थोरै छ । तर पछिल्ला केही महिना बिस्तारै सबै ठाउँ खुल्दै गएपनि अष्ट्रेलियामा भने केही निश्चित छैन । शून्य कोभिडको नीति प्रति यसले हार मानिसकेको छ । तापनि अझै अधिकांश अष्ट्रेलियनहरु या त भित्रै थुनिएका छन् या बाहिर अड्किएका छन् ।

अहिलेका लागि राष्ट्रिय योजनामा ८० प्रतिशत योग्य नागरिकहरुले पूरा डोज खोप लगाइसकेपछि अन्र्तराष्ट्रिय भ्रमण फेरि खुलाउने कि भनेर छलफल भइरहेको छ । त्यस्तै होटल क्वारेन्टिनको विकलपमा घरैमा आइसोलेसनमा बस्ने विषयबारे पनि विचार भइरहेको छ । तर दुईवटै डोज खोप लगाउनेको दर हाल ४० प्रतिशत मात्र रहेको छ । किशोर वर्गहरुका लागि भर्खर मात्र खोप लगाउन सुरु गरिँदै छ । त्यस्तै शून्य कोभिड संक्रमण कायम राख्दै आएको पश्चिम अष्ट्रेलियाले यसलाई निरन्तरता दिन अझै लामो समयसम्म यात्रा नखुलाउने संकेत दिइरहेको छ । यसबीच सयौँ मानिसहरु अन्यायमा परेका छन् । उनीहरुले परिवारसँगको आफ्नो विछोडको कथा यसरी सुनाएका छन् ः

आमाको अन्तिम संस्कार छुटाउनु पर्दा :
अहिलेको नियममा अष्ट्रेलियन नागरिक र स्थायी निवासीहरु फेरि फर्कने गरि देश छाड्न चाहन्छन् भने उनीहरुलाई विशेष छुटका लागि अनुमति माँग्नुपर्ने हुन्छ । प्रायः अवस्थामा उनीहरुले कम्तीमा तीन महिनासम्म बाहिरै बस्नमा सहमति जनाउनुपर्छ । यसमा दशौँ हजार नागरिकले त्यस्तो छुट पाएका छन् तर दशौँ हजारको अनुरोध अस्वीकार पनि गरिएको छ । जस्तै क्रिस्टिना सेलस्ट्रोम सिड्नीमा बस्छिन् र गत जुलाइमा उनकी आमा यिल्भाको स्वीडेनमा अचानक मृत्यु भयो । क्रिस्टिनाका अनुसार देश छाडेर पुनः फर्किने सम्बन्धी अनुमति दुईपटकसम्म अस्वीकार गरियो । यस्तोमा उनले आफ्नी आमाको अन्तिम संस्कार छुटाउनुपर्यो र अनलाइनबाटै हेरेर चित्त बुझाउनुपर्यो ।

उनी भन्छिन्, “मेरो परिवारले सबै समारोह शान्तिपूर्ण रह्यो भनेको छ तर सानो फोनबाट कार्यक्रम हेर्दा मलाई केही शान्ति महसुस भएन । म वास्तवमा त्यहाँ आफ्नै स्वार्थका कारण पनि उपस्थित हुन चाहन्थे । अचानक आइपरेको दुःख, मानसिक पीडा र ठूलो पारिवारिक झट्का यी सबलाई स्वीकार्नकै लागि म जान चाहान्थेँ । मलाई भाइलाई एक्लै छाडेकामा पनि एकदम पछुतो भइरहेको छ । छोरीको हैसियतमा म त्यहाँ गएर उनलाई सम्मान दिन चाहन्थे । कम्तीमा त्यो स्तरको बिदाइ त उनको अधिकार नै हो जस्तो मलाई लाग्छ । तर उनीहरु अनावश्यक रुपमा क्रुरता देखाइरहेका छन् । यो एकलौटी नियमले कुनै परिस्थितिमा पनि छुट दिँदैन रहेछ । ”

१८ महिनादेखि विछोडिएका जोडीको मर्म
छुटिएर बस्नु परेका अर्का एक जोडीले पनि आफ्नो पीडा यसरी नै सुनाए । मीकी सिड्नीका एक संगीतकार हुन् । र उनकी पार्टनर केथरिन रेल्फ हाल यूकेमा छन् । उनी भन्छन्, “हामी दुवै क्रुजमा काम गर्छौँ र पछिल्लो पाँच वर्षदेखि सँगै थियौँ । तर महामारी सुरु भएपछि हामीले एकअर्कालाई देख्नै पाएका छैनौँ । हामीले उनलाई अष्ट्रेलिया ल्याउन धेरै अनुरोध गर्यौँ तर स्वीकृत हुन सकेन । मैले वकिलहरुलाई उनलाई भिसा दिलाउनकै लागि भनेर धेरै पैसा तिरेँ । तर अझै केही निर्णय हुन सकेको छैन ।

जुन २०२२ का लागि भनेर युरोपमा मेरो काम पनि बुक भइसकेको छ तर बन्द सिमाना, उडानको शुल्क लगायत विभिन्न कारणले मैले देश छाड्न पाउने ग्यारेन्टि नै छैन । ”

अन्तिम अवस्थामा रहेकी आमालाई कसरी भेटेर आउने ?
त्यस्तै रेचल मर्सिनाक हाल यूकेमा बसिरहेकी छन् र ३० हजार अन्य अष्ट्रेलियनहरु जसरी नै उनी पनि घर फर्किन चाहन्छिन् । तर क्वारेन्टिन होटल सम्बन्धी कडा नियमका कारण हरेक हप्ता केही सय मानिसहरुले मात्र त्यस्तो अवसर पाइरहेका छन् । यति मात्र नभएर क्वारेन्टिनमा बस्न झन्डै ३ हजार अष्ट्रेलियन डलर खर्च लाग्छ भने उडान पनि उत्तिकै महङ्गो छ ।

यसमा केही समयका लागि मात्र अष्ट्रेलिया आएकाहरुले समेत पछि देश छाड्न विशेष अनुमति प्राप्त गर्नुपर्ने हुन्छ । रेचल भन्छिन्, “मेरी आमा मेल्बर्नमा हुनुहुन्छ र उनलाई फोक्सोको क्यान्सर छ । अहिले उनलाई दुखाइ कम गर्ने औषधि दिएर अन्तिम अवस्थामा राखिएको छ । त्यसैले मलाई छिटो भन्दा छिटो उनलाई भेट्न जानुछ । तर घर फर्किने कुरा यतिबेला अत्यन्तै सघर्षपूर्ण बनेको छ । ”
उनले थप आफ्नो स्थितिबारे बताइन् , “म २००६ देखि लन्डन बस्दै आएकी छु । र मेरो परिवार पनि त्यहीँ छ । मैले आमालाई अन्तिम चोटी डिसेम्बर २०१७ मा आफ्नी जेठी छोरीलाई भेटाउँदा देखेकी थिएँ । उहाँले कान्छि छोरीलाई त देख्नुभएकै छैन तर एकदम मन गरिरहनु भएको छ । यसकारण पनि हाम्रो अवस्था ह्दयविदारक छ । म केहीगरि अष्ट्रेलिया पुगिहालेँ भनेपनि लन्डन फर्कन मैले विभिन्न अनुमति माँग्नुपर्ने हुन्छ । यस्तोमा म फेरि आउन सक्ने निश्चित नभइ कसरी मेरो परिवार , मेरो यहाँको जीवनलाई छाडेर जाने ? यता हाइ–प्रोफाइल व्यक्तिहरु चाहिँ सजिलै ओहोरदोहोर गरिरहेका हुन्छन् । तर हामी अष्ट्रेलियन नागरिक भएर पनि आश मात्र गरेर बस्नु परिहेको छ ।”

नयाँ अभिभावकको संघर्ष
भर्खर आमा बनेकी मेहेताब मोलेमी पनि आफ्ना चुनौतिहरु सुनाउँछिन् । भर्खर जुडुवालाई जन्म दिएकी उनले गर्भावस्थामा मद्दत गर्न भनेर इरानबाट आफ्नी आमालाई बोलाउन तीनपटकसम्म आवेदन दिएको तर स्वीकृति नपाएको बताइन् ।

उनी भन्छिन्, “आमाले पूरा डोज खोप लगाइसक्नु भएको छ । तरपनि आउन दिइएन । यसले मेरो जीवनमा वास्तवमै ठूलो प्रभाव पारेको छ । जुडुवा शिशुहरुको हेरचाह पूर्ण रुपमा आफैँ गर्न म तयारै थिइनँ । ” यही कारण उत्पन्न एन्जाइटीले स्तनपान गराउन नसकेको पनि उनले बताइन् ।

“पर्थमा हाम्रा केही साथी छन् तर व्यवहारिक सहयोग गर्न सक्ने कोही छैन । मेरा पति अष्ट्रेलियन भएकाले म इरान जान मिलेन । त्यसैले अहिले हामी अर्कै देशमा बसाइँ सर्ने की भनेर गम्भीर भएर विचार गरिरहेका छौँ ”, उनले दुःखी हुँदै बताइन् ।

केही नलागेपछि घरबार सबै बेचेर हिँड्नुपर्ने भयो
कतिपय मानिसहरुले त अति भयो भनेर आक्रोश पनि जनाएका छन् । जस्तै मेरिसा पार्किन एक अमेरिकी नागरिक हुन् र उनका पति इआन बेलायती हुन् । उनीहरुले केही समय अगाडि मात्र अष्ट्रेलियामा आफ्नो घरबार सबै बेचेर इङ्ल्यान्डमा नयाँ जीवन सुरु गर्न देश टाड्ने निर्णय गरेका हुन् ।

उनी भन्छिन्, “हामी अत्यन्तै दुःखी छौँ । हाम्रो यहाँको जीवन राम्रो थियो । दुवैको एकदम राम्रो जागिर थियो, सुन्दर घर थियो र हाम्री छोरी पनि यहिँ जन्मिएकी हुन् । त्यसैले हामीले यो ठाउँ सधैँका लागि छाडेर जानु पर्ला भन्ने कहिल्यै सोचेका थिएनौँ । तर हामीले पछिल्लो १८ महिनादेखि आफ्नो परिवारलाई भेट्न पाएका छैनौँ । त्यसैले बाध्य भयौँ । “

सुरुमा त हामीले अवस्थालाई बुझ्ने प्रयास गरि सबै स्वीकार्यौँ तर बिस्तारै यो क्रम लम्बिदै गयो । हामी केबल आफूलाई भाग्यशाली ठानिहेका छौँ कि हामीसँग अन्य विकल्पहरु पनि छन् तर यो निर्णयले हाम्रो मुटु पनि भारी बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!