सीएनएन । एक फाइनान्स कम्पनीले विश्वकै सबैभन्दा डरलाग्दा १३ फिल्म हेर्न पैसा दिने भएको छ । कम्पनी ‘फाइनान्स बज’ ले भूतको या डरलाग्दा फिल्महरु हेर्दा व्यक्तिको मुटुमा केकस्तो असर पर्छ भन्ने जाँच गर्न ‘हार्ट रेट एनालिस्ट’ नियुक्त गर्न मान्छेको खोजी गरिरहेको बताएको छ । यसमा ती व्यक्तिले संसारकै सबैभन्दा डरलाग्दा १३ फिल्म हेर्नुपर्ने हुन्छ जसक्रममा उनको मुटुको गति जाँच गरिने बताइएको छ ।
उच्च बजेटमा निर्माण गरिएका भूतको फिल्मले वास्तवमै कम लगानीका फिल्म भन्दा बलियो प्रस्तुती दिन सक्छन् कि सक्दैनन् भन्ने जाँच गर्नका लागि पनि यस्तो गर्न लागिएको कम्पनीको भनाइ छ । बजेटले फिल्मको गुणस्तरमा र दर्शकको अनुभवमा केकस्तो प्रभाव पार्दछ भन्ने यसबाट पत्ता लाग्ने बताइएको छ ।
यसमा छनोट हुने सहभागीले अक्टोबर ९ देखि १८ सम्म यी फिल्महरु ः ‘स’, ‘एमिटभिल हरर’ , ‘अ क्वाएट प्लेस’, ‘अ क्वाएट प्लेस पार्ट टु’ , ‘इन्साइडिअस’ , ‘द ब्लेर विच प्रोजेक्ट’ , ‘सिनिस्टर’ , ‘गेट आउट’ , ‘द पर्ज’ , ‘हलोइन (२०१८)’ , ‘प्यारानर्मल एक्टिभिटी’ र ‘एनाबेल’ हेर्नुपर्ने हुन्छ ।
यसमा सहभागीलाई फाइनान्सबजले फिटबिट ट्रयाकर सहित १३,०० डलर र ५० डलरको गिफ्ट कार्ड पनि प्रदान गर्ने बताएको छ । यसमा आवेदन दिनका लागि यो लिंकhttps://financebuzz.com/get-paid-to-watch-scary-movies मा जान सकिनेछ ।
यसको एक मात्र योग्यता भनेको अमेरिकामा बस्ने र १८ वर्ष उमेर पार गरेको हुनुपर्नेछ । आवेदनको अन्तिम मिति सेप्टेम्बर २६ का लागि तोकिएको छ । फाइनान्स बजले अक्टोबर १ मा विजेता चयन गर्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-