टोकियोमा प्रहरीहरुले डेटमा जाँदा करीब १ करोड ३० लाख येन मूल्य पर्ने घडी चो’रेको आशंकामा एक १९ वर्षिय युवतिलाई पक्राउ गरेका छन् । ती युवति एक कम्पनीका ३७ वर्षिय कार्यकारीसँग पापा खाचु डेटमा गएकी थिइन् । कुनै युवतिलाई पैसा दिएर धनी अनि आफू भन्दा निकै जेठा पुरुषहरुसँग डेटमा बोलाइनुलाई ‘पापा खाचु’ डेट भनिन्छ । प्रहरीका अनुसार ती युवति एक निजी विश्वविद्यालयमा विद्यार्थी हुन् । ती युवति र पुरुषले एक रेष्टुराँमा साथमा डिनर गरेका थिए ।
अनि जुलाई २१ मा साँझ ९ बजेतिर दुबै टोकियोको मिनातो वडामा रहेको एक लभ होटलमा गएका थिए । ती कार्यकारी होटलमा नुहाउन पस्दा घडी चोरे’को अनि कोठाबाट भागे’को आरोप ती युवतिमाथि लगाइएको छ । भोलिपल्ट पनशपमा सो घडी बेच्न भनेर ती युवति र उनको व्यवस्थापक गएका थिए । सोही क्रममा ती युवति पक्राउ परेकी हुन् । डेटिङ एपमार्फत भेट्ने क्रममा ती युवतिले आफ्नो महँगो घडी चो’रेको भनेर कम्तिमा पनि १० जना पुरुषहरुले प्रहरीकहाँ उजुरी गरेका छन् ।
ती युवतिले चोरेको भनेको घडीहरुको मूल्य ३ करोड ५० लाख येन भएको बताइएको छ । आफू माथि लगाइएको चो’रीका आरोपहरुको ती युवतिले स्वीकार गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-