काठमाडौं- भारत भ्रमणमा रहेका साउदी अरबका विदेश मन्त्री फैसल बिन फरहान अल सउदले आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग अफगानिस्तानसहित रक्षा, व्यापार, लगानी र ऊर्जा जस्ता मुद्दाका बारेमा छलफल गरेका छन्।
भारतीय विदेशमन्त्री जयशंकरले बैठक ‘सौहार्दपूर्ण र उत्पादक’ भएको बताए। उनले सउदसँग अफगानिस्तान, खाडी क्षेत्र र भारत-प्रशान्त बारे ‘निकै उपयोगी विमर्श’ भएको बताएका छन्। विदेश मन्त्रीले ट्वीट गरे साउदी अरबसँग सीधा उडान फेरि सुरु गर्न अनुरोध गरेको र कोरोना चुनौतीसँग मिलेर लड्ने सहमति भएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-