काठमाडौं : हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभियन रहेको ‘सुनको कचौरी’ सार्वजनिक भएको छ। राजनराज सिवाकोटीको शब्द र संगित रहेको गीतको भिडियो उत्सव दाहालले खिचेका छन्। गीतको भिडियोको सम्पादक विकास दाहाल र निर्देशन पूमा राईले गरेका हुन्।
कोरियोग्राफी सन्तोष राजबाकको गीतको भिडियोमा मदनकृष्णले आफै फिचर गरेका हुन्। उक्त गीतमा केही टिपिकल शब्दहरु रहेको भन्दै सुनको कचौरीमा गाईको भेकोती जस्ता शब्दहरु रहेको मदनकृष्णले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-