अस्ट्रेलियन सरकारले अस्ट्रेलियाको मेलवर्नका निर्माण क्षेत्रमा कोभिड खोप अनिवार्य गरेपछि त्यसको बिरोधमा मजदुरहरु तोडफोडमा उत्रिएका छन् । सरकारले निर्माण क्षेत्रमा काम गर्ने मजदुरले कम्तिमा एक डोज खोप अनिवार्य लाउनुपर्ने व्यवस्था गरेपछि उनीहरु तोडफोडमा उत्रिएका हुन् । झडपपछि भिक्टोरिया राज्यले मेलबर्नका निर्माण क्षेत्र बन्द गरेको छ ।
खोप अनिवार्य गरिएपछि विवाद बढेसँगै त्यहाँका निर्माण क्षेत्र दुई साताका लागि बन्द गरिएको अधिकारीहरूले जनाएका छन्। मजदुरले खोपको बिरोध गर्दै सार्वजनिक सम्पत्ती तोडफोड गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले रबरका गोली र पानीका छर्रा प्रयोग गर्नुका साथै दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।
निर्माण क्षेत्रमा कोभिड संक्रमण फैलिने भन्दै सरकारले खोप लगाएकालाई मात्र काम गर्न दिने नियम हालै ल्याएको थियो । कोरोनाबाट अस्ट्रेलियामा अहिलेसम्म ११ सय ६७ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ८७ हजार संक्रमित बनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-